images
images

राष्ट्र बैंकले ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र जारी गर्ने, बोलकबोल आजै हुने

राष्ट्र बैंकले ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र जारी गर्ने, बोलकबोल आजै हुने

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • राष्ट्र बैंकले ९ अर्ब ६४ करोड बराबरको विकास ऋणपत्र जारी गर्ने, बोलकबोल आजै हुने

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज मंगलबार ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । 

    images
    images
    images
    images

    असोज ४ गते जारी गर्ने गरी बैंकले छ वर्षे ‘विकास ऋणपत्र २०६८ ‘ठ’ बोलकबोल गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस ऋणपत्रमा आवेदन दिन सक्नेछन् । 

    आवेदन भने आज दिउँसो ३ बजेभित्र गरिसक्नुपर्ने छ । सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब १९ करोड ४ लाख रुपैयाँ आपसी प्रतिस्पर्धात्मक प्रणालीमार्फत बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् १ अर्ब ४४ करोड ६ लाख रुपैयाँ विना प्रतिस्पर्धा वितरण गरिनेछ । 

    आवेदकले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । 

    विकास ऋणपत्रको ब्याज भने अधर्वाषिक अर्थात् ६र६ महिनामा भुक्तान दिने बैंकले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार