images
images

ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • ग्लोबल आइएमई बैंकको नाफा २३.३६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकको खुद नाफा २३.३६ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा भने १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ कमाएको हो । 

    images
    images
    images
    images

    ब्याज आम्दानी १४.२२ प्रतिशत, खुद फि कमिशन आम्दानी २१.१४ प्रतिशत र सञ्चालन मुनाफा १९.४० प्रतिशतले बृद्धि भएसँगै बैंकको खुद मुनाफा रकम पनि बढोत्तरी भएको छ । 

    पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले जगेडा कोषमा २६ अर्ब ८० करोड ९० लाख ५२ हजार रुपैयाँ सुरक्षित गरेको छ भने बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ । 

    असोज मसान्तसम्म बैंकले ५ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेर ३ खर्ब ९७ अर्ब ३५ करो ८७ लाख रुपैयाँ लगानी गरेको हो । गत बर्षको पहिलो त्रैमासको तुलनामा ग्लोबल आइएमई बैंकले निक्षेप रकम ५.२३ प्रतिशत र कर्जा प्रवाह रकम ७.५५ प्रतिशतले बृद्धि गरेको देखिन्छ । 

    त्यस्तै, समीक्षा अवधिमा बैंकको सिडी रेसियो ७६.८० प्रतिशत रहेको छ भने बेस रेट ७.२९ प्रतिशत रहेको छ । ग्लोबल आइएमईको निस्क्रिय कर्जा भने सामान्य बढेको छ । गत बर्ष असोज मसान्तमा ४.३८ प्रतिशत खराब कर्जा रहेको ग्लोबल आइएमईको यस्तो कर्जा समीक्षा अवधिमा सामान्य बढेर ४.६७ प्रतिशत पुगेको छ । 

    त्यस्तै, असोज मसान्तसम्म बैंकको इपिएस १६ रुपैयाँ ७४ पैसा र नेटवर्थ प्रतिशेयर १७६ रुपैयाँ २० पैसा रहेको छ । 

    Global ime Note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार