लक्ष्मी सनराइज बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा कति ?

लक्ष्मी सनराइज बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा कति ?

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • लक्ष्मी सनराइज बैंकको नाफामा उछाल, वितरणयोग्य मुनाफा कति ?
    images
    images

    काठमाडौँ / लक्ष्मी सनराइज बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा खुद नाफा ४२०.५३ प्रतिशतले बृद्धि गरेको छ । गत बर्ष असोज मसान्तसम्म १० करोड ३० लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा भने नाफामा छलाङ मारेको हो । 

    images
    images

    गत बर्षको तुलनामा यस बर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराइज बैंकको नाफा ४३ करोड ३३ लाख १८ हजार रुपैयाँले बृद्धि गरी ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ पुर्याएको हो । 

    खुद ब्याज आम्दानी ६.७५ प्रतिशतले घटेको भए पनि खुद फि कमिशन आम्दानी २४.५८ प्रतिशत र सञ्चालन मुनाफा ४२५.२३ प्रतिशतले बृद्धि भएसँगै बैंकले नाफामा उच्च बृद्धि गर्न सफल भएको हो । 

    पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड ९ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले जगेडा कोषमा १८ अर्ब ७६ करोड ८९ लाख ६१ हजार रुपैयाँ सुरक्षित गरेको छ भने बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । 

    असोज मसान्तसम्म बैंकले ३ खर्ब ३४ अर्ब ४५ करोड ९९ लाख रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेर २ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । 

    गत बर्षको पहिलो त्रैमासको तुलनामा लक्ष्मी सनराइज बैंकले निक्षेप रकम १.६८ प्रतिशत र कर्जा प्रवाह रकम ३.११ प्रतिशतले बृद्धि गरेको देखिन्छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको सिडी रेसियो ७७.१६ प्रतिशत रहेको छ भने बेस रेट ७.७९ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा भने १५.९९ प्रतिशतले बृद्धि भएको छ । 

    समीक्षा अवधिमा बैंकको खराब कर्जा ५.४४ प्रतिशत पुगेको छ । गत बर्ष सोही अवधिमा भने यस्तो कर्जा ४.६९ प्रतिशत रहेको थियो । त्यस्तै, असोज मसान्तसम्म बैंकको इपिएस ९ रुपैयाँ २५ पैसा र नेटवर्थ प्रतिशेयर १८० रुपैयाँ ९५ पैसा कायम भएको छ । 

    Laxmi sunrise note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com