images
images

नेशनल बास्केटबल लिग-नेपाल तयारी अन्तिम चरणमा, ८ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्ने

नेशनल बास्केटबल लिग-नेपाल तयारी अन्तिम चरणमा, ८ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्ने

मंगलवार, असोज २ २०८०
मंगलवार, असोज २ २०८०
  • नेशनल बास्केटबल लिग-नेपाल तयारी अन्तिम चरणमा, ८ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्ने

    काठमाडौँ / राष्ट्रिय बास्केटबल लिग नेपाल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ देखि असोज २७ गतेसम्म सञ्चालन हुँदैछ। राष्ट्रिय बास्केटबल लिग नेपालको तयारी अन्तिम चरणमा पुगेको छ । 

    images
    images
    images
    images

    राष्ट्रिय बास्केटबल नेपाल, लिग नेपाल बास्केटबल संघ अन्तर्गत नेपालको शीर्ष स्तरको बास्केटबल लिग हो जुन लिगका आधारमा ८ क्लबले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय बास्केटबल लिगमा विशाल मिलन केन्द्र, बुढानिलकण्ठ बास्केटबल क्लब, गोल्डनगेट इन्टरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लबले सहभागिता जनाउने छन्। 

    राष्ट्रिय बास्केटबल लिग नेपालका सबै खेलहरू कान्तिपुर टिभी र येस्क विभिन्न  मध्यममा प्रसारण गरीनेछ । एनबीएल नेपालका खेलहरू एकल राउण्ड रोबिन ढाँचामा खेलाइनेछ। लिगको विजेताले ५ लाख र उपविजेताले २.५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    प्रत्येक सहभागी क्लबले तयारी खर्चको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको मोस्ट भ्यालुएबल प्लेयरले तीन हजार र समग्र लिगको एमभिपिले रु ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। 

    राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय बास्केटबल लिगलाई प्रवद्र्धकको रूपमा समर्थन गरिरहेको छ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा लिगका लागि कभर्डहलको कोर्टको मर्मत भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार