काठमाडौँ / आज (बुधबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको हो । मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेकोमा बुधबार घटेर १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै, १ लाख १२ हजार ४ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख १२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । यता, चाँदी पनि घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँबाट १ हजार ४ सय ५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।