images
images

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान, कोको छन् समूहमा ?

‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान, कोको छन् समूहमा ?

बुधवार, असोज ३ २०८०
बुधवार, असोज ३ २०८०
  • ‘यामाहा राइड टु मोटोजीपी’ टोली बुद्ध सर्किट, भारततर्फ प्रस्थान, कोको छन् समूहमा ?

    काठमाडौँ / यामाहा नेपालले घोषणा गरेको ‘राइडटुमोटोजीपी’ इभेन्टमा नेपाली राइडरहरू प्रस्थान गरेका छन् । भारतमा पहिलोपटक आयोजना हुने मोटोजीपीमा सहभागिता जनाउनका लागि ९ जना यामाहा प्रशंसक र बाइकरहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । 

    images
    images

    २४ सेप्टेम्बर, २०२३मा बुद्ध सर्किट, नोएडामा उक्त इभेन्टका लागि राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिनेछ र २७ सेप्टेम्बर २०२३ मा काठमाडौँ फर्किनेछन्। रेसिङ गतिविधीहरूको पर्यायका रूपमा रहेको यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रवर्द्धन गर्न निरन्तर रूपमा काम गरिरहेको छ। 

    आफ्नो उद्देश्य अनुरूप नै यामाहाले रेसिङ स्पोर्ट्सलाई प्रतिबिम्बित गर्ने धेरै ईभेन्टहरूसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवर्द्धन समेत गरेको छ। सोही रफ्तारलाई अगाडि बढाउँदै यामाहा नेपालले यामाहा मालिकहरूलाई दर्ता गर्न र मोटोजिपी प्रत्यक्ष अवलोकन गरि अनुभव प्राप्त गर्नका लागि आव्हान गरेको थियो। 

    “उक्त कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम मात्र देखाउँदैन बरू खुल्ला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरहरूको जोशलाई उत्सवका रूपमा पनि मनाउँछ,” विज्ञप्तिमा भनिएको छ। 

    छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेका छन् ।

    “हामीले ‘यामाहा राइड टु मोटोजीपी’का लागि ठूलो संख्याका सहभागीहरू प्राप्त गरेका थियौँ। हामी प्रत्येक यामाहा प्रशंसकहरूलाई राइडप्रतिको चासो र पागलपनका लागि धन्यवाद दिन चाहन्छौं। तर हामीसँग सीमित सिट भएकाले ८ जना मात्रै छनोट गर्न सक्यौँ। यो त केवल सुरुवात हो, यामाहा नेपाल हाम्रा युवाहरूको जोशलाई सम्मान गर्दछ। हामी नेपालमा मोटरस्पोर्टको उत्थान गर्न मेहनतका साथ काम गरिरहेका छौँ ।” एमएडब्लु इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सिइओ राजु क्षेत्रीले भने ।

    मोटोजिपी केही दक्ष राइडर र अत्याधुनिक मेसिनहरूसहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनसिपमध्ये एक हो। रेसिङको दुनियाँमा आफ्नो गौरवशाली इतिहास बोकेको यामाहा यो रोमाञ्चक खेलको सधैँ अग्रभागमा रहँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार