आज विक्रम संवत २०८१ साल फाल्गुन २० गते, मंगलबार । ईश्वी सन् २०२५ मार्च ४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । पंचमी तिथि, ३३ घडी ४४ पला, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त षष्ठी । अश्विनी नक्षत्र, ६ घडी ५ पला, बिहान ८ बजेर ५४ मिनेट उप्रान्त भरुणी । ब्रम्ह योग, ८ घडी ९ पला, बिहान ९ बजेर ४३ मिनेट उप्रान्त ऐन्द्र । करण-बव, बिहान ९ बजेर ८ मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि-मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यक्षेत्रमा तटस्थ रहनुहोला । व्यापार व्यवसायमा आज कुनै पनि निर्णय नगर्नुहोस् । मेहनेतले आँटेको काम बन्नेछ। व्यवसाय फस्टाउनेछ भने लगानीको वातावरण बन्नेछ । सेयर बजार, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट फाइदा हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमजोरीलाई सुधार्ने समय छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विदेशी सामानको व्यापार बढ्नेछ। स्वास्थ्य तथा औषधिजन्य व्यापारबाट लाभ लिन सकिनेछ। लामो दुरीको यात्रा हुने योग छ । परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारबाट फाइदा लिन सकिनेछ । आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम सापटमा बाहिरिन सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन पनि सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायबाट आम्दानी बढाउन सकिनेछ । आर्थिक अभावले रोकिएका काम अघि बढ्नेछ । बैंक तथा वित्तीय पेशासँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ । प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि लगानी बढाउन सकिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा फाइदा हुनेछ। नाम र दाम हातपार्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले अवसर पाउनेछ । कार्य क्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला । व्यापार व्यवसायमा लाभ रहनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हात पर्ने समय छ । प्रतिष्ठित काम गरेर अरुलाई आकर्षित गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यावसायका लागि लामो दुरीको यात्रा हुनेछ । पर्यटन व्यवसाय फस्टाएर जानेछ । सानो प्रयत्नले महत्त्वपूर्ण काम बन्नेछ । अरुका लागि खट्नु परे पनि आफैँलाई फाइदा हुनेछ । रोकिएको काम सम्पादन हुनेछ । मेहनत गर्दा लक्ष्य प्राप्त हुने सम्भावना देखिन्छ। मेहनतले प्रतिफल अरुको हात पर्ला । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्रा तय हुनेछ । भीडमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । पहिलेको समस्या दोहोरिनेछ । महत्त्वपूर्ण समय घरेलु समस्यामा बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको प्रयोग गरी मनग्य आम्दानी गर्न सकिनेछ। साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुनेछ । सेयर बजारबाट नाफा कमाउने समय रहेको छ । व्यवसायका लागि यात्राको सम्भावना छ। आम्दानी बढ्नेछ भने भौतिक साधन प्राप्तिको योग छ। अरुलाई आकर्षित गर्ने समय छ । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। उद्योग व्यापारमा कीर्तिमानी काम गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार फस्टाउने भएकोले अर्थ सङ्ग्रह हुनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । पुराना ऋण तथा समस्याहरू हल भएर जानेछ । सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा अरुको भर पर्नुभन्दा आफैँ मेहनत गर्नु राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धामा विजयी भइनेछ । गरेको कामबाट पारिश्रमिक पाइने समय छ । उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेकोछ । बैंक तथा वित्तीय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । नोकरी वा पेशामा कार्यसम्पादन गर्नमा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । नयाँ काम सुरु गर्ने समय छ । प्रतिष्ठित काम बन्ने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट लाभ लिन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घर जग्गा तथा सवारी साधन जोड्न सकिने योग छ । प्रतिष्ठित काम सम्पान हुने समय छ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । यद्यपि, आज महत्त्वपूर्ण समय धेरै फाइदा नहुने काममा बित्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। कार्यक्षेत्रमा पहिले गरिएका कामबाट लाभ उठाउन सकिनेछ । लगनशीलताले गरेको कार्यहरूमा सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योग, सेयरबजार तथा व्यापारबाट फाइदा हुनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिनेछ । आर्थिक अवस्था सुर्धान गरिएको कामबाट सकारात्मक नतिजा हात पर्नेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण काम सम्पादन हुने योग छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। कृषि वा पशुपालनबाट फाइदा लिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्ने अवसर मिलनेछ । बोलीको प्रभावले पेशा व्यवसाय फस्टाउनेछ । अरुलाई प्रभावित बनाएर काम गर्न सकिनेछ । मनोरञ्जनसम्बन्धी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । वैदेशिक रोजगारको राम्रो अवसर हात लाग्ला। चिताएको काम समेत सम्पादन हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।