images
images

शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने, केके चाहिन्छ कागजपत्र ?

शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने, केके चाहिन्छ कागजपत्र ?

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • images
    images
    शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने, केके चाहिन्छ कागजपत्र ?
    images
    images

    बुटवल / हरेक व्यक्तिको एउटा सपना हुन्छ आफनै स्वामित्वको सुन्दर घर होस् । तर, घर बनाउन घडेरी हुनुपपर्यो, जुन सबैको नहुन सक्छ । यही कुरालाई मध्यनजर गरेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले घर बनाउने सपना साँचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । असोज १ गते लन्च भएको यो कर्जा योजनामा बैङ्कले एक जनालाई अधिकतम एक करोडसम्म कर्जा दिने भएको छ ।

    images
    images

    यो कर्जा २० वर्षे अवधिको हो । यो कर्जाको ब्याजदर बेस रेटमा २ प्रतिशत रिस्क प्रिमियम जोडेर लिइने बैङ्कले जनाएको छ । कर्जा चुक्ता नहुन्जेलसम्म रिस्क प्रिमियममा कुनै परिवर्तन हुने छैन । खरिद गरेको घडेरीमा घर निर्माण गर्दा बैङ्कले थप कर्जा उपलब्ध गराउनेछ र उक्त थप कर्जाको रिस्क प्रिमियम समेत २ प्रतिशतमात्र हुनेछ ।

    सरकारी र गैरसरकारी कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली,उद्योगी, व्यवसायी र नियमित आम्दानी भएका कुनै पनि पेसासँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएको बैङ्कका कर्जा प्रमुख किरण नेपालले बताए । यो कर्जा प्राप्त गर्न थप अचल सम्पति धितो नचाहिने र कर्जा प्राप्तिपछि किनेको घडेरी नै धितो राख्न मिल्ने नेपालले बताए । 

    “धेरैजसो बैङ्कहरूले घर कर्जामामात्र फोकस गरेको सन्दर्भमा हामीले घर बनाउन आफ्नो घडेरी हुनुपर्ने पहिलो शर्तलाई मध्यनजर गरेर ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट ल्याएका हौँ”– कर्जा प्रमुख नेपालले भने– “नेपाल सरकारले समेत जग्गाको कित्ताकाट खुला गरेको अवस्थामा यो कर्जा योजनाले धेरै नेपालीले घडेरी किन्न सक्ने र यसले अर्थतन्त्रलाई थप चलायमान बनाउन कोशेढुङ्गा सावित हुने विश्वास बैङ्कले लिएको छ।” 

    यो कर्जामा रिस्क प्रिमियम न्युन दरमा रहेको र घडेरी किनेपछि घर बनाउन पनि बैङ्कले कर्जा दिने भएकाले पनि यो कर्जा सबैका लागि बरदान सावित हुने बैङ्कको विश्वास छ । २०६५ साल फागुन ११ गते स्थापना भएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लुम्बिनी प्रदेशमा केन्द्रिय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैङ्क बनेको हो ।

    बैङ्कको पाँच वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । बैङ्कले गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेण्ट बैङ्कको उपाधि जितेको थियो भने हालसालै इमर्जिङ एशिया डेभलपमेण्ट बैंकको उपाधि जितेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार