images
images

दुई अर्ब बढी लगानीमा भाटभटेनीले बिर्तामोडमा खोल्यो नयाँ स्टोर, बाजागाजासहित अध्यक्ष गुरुङले गरे उद्घाटन

दुई अर्ब बढी लगानीमा भाटभटेनीले बिर्तामोडमा खोल्यो नयाँ स्टोर, बाजागाजासहित अध्यक्ष गुरुङले गरे उद्घाटन

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • images
    दुई अर्ब बढी लगानीमा भाटभटेनीले बिर्तामोडमा खोल्यो नयाँ स्टोर, बाजागाजासहित अध्यक्ष गुरुङले गरे उद्घाटन

    बिर्तामोड / नेपालकै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको बिर्तामोड शाखा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन आज (बिहीबार) भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले गरेका हुन् ।

    images
    images

    नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइत पारेर गुरुङले स्टोरको उद्घाटन गरेसँगै आजबाट उपभोक्ताका लागि स्टोर खुला गरिनेछ । पूर्व नेपालको प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा सञ्चालनमा आएको उक्त स्टोर भाट भटेनीको २६औँ स्टोर हो ।

    करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त स्टोरमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको जनाइएको छ । स्वदेशी तथा बिदेशी ब्रान्डका उच्च गुणस्तरका सामानहरु पाइने सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती सहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास रहेको अध्यक्ष गुरुङको भनाइ छ ।

    उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाइ बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए । उद्घाटनका अवसरमा ग्राहकलाई इलेक्ट्रोनिक्स सामग्रीमा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

    स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि किड्सजोन तथा स्केट पार्क लगायतका सुविधाहरू रहेको भाटभटेनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार