images
images

बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै, चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्य

बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै, चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्य

शनिवार, असोज ६ २०८०
शनिवार, असोज ६ २०८०
  • images
    बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै, चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्य

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) को संयुक्त आयोजनामा बेइजिंगमा नेपाल चीन बिजनेस समिट हुँदैछ । द्विपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो ।

    images
    images

    समिट सेप्टेम्बर २४ आइतबार सिसिपिआइटीको मुख्यालय बेइजिंगमा आयोजना हुनेछ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहनेछ । 

    नेपालका तर्पmबाट महासंघ पदाधिकारी सहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदैछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरूको पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ ।

    समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका बिषयमा आफ्नो धारणा राख्नेछन् । नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताए । 

    यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिसँगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार