images
images

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले सुरु गर्यो वन स्किल रिटेक

नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले सुरु गर्यो वन स्किल रिटेक

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले सुरु गर्यो वन स्किल रिटेक

    काठमाडौँ / ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र सिपमा दोहो¥याएर परीक्षा दिन पाइने सुविधा) सुरु गरेको छ । यो सुविधा सुरु भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका सिपमा दोहो¥याएर परीक्षा दिनुपर्ने झन्झट बेहोर्नुपर्ने छैन ।

    images
    images
    images
    images

    वन स्किल रिटेकमा आईईएलटीएस परीक्षाको एउटा खण्डको मात्रै दोहो¥याएर परीक्षा दिन पाइने भएकोले विद्यार्थीहरू सफल हुने सम्भावना बढ्नेछ । सुनाइ, पढाइ, लेखाइ र बोलाइ जुनसुकै सिपको परीक्षामा पनि यो अवसर प्राप्त हुनेछ ।  

    परीक्षाको ढाँचा र समय सामान्य आईईएलटीएस परीक्षामा व्यक्तिगत सिप जाँचे जस्तै हुनेछ । तर परीक्षार्थीहरूले अन्य तीन सिपको परीक्षा दिन भने आवश्यक हुने छैन । जसले गर्दा समयको बचत हुनेछ ।

    आईईएलटीएस प्रयोगकर्ताहरूले दिएको सुझाव र प्रतिक्रियाका आधारमा नयाँ फिचर शुरू गरिएको ब्रिटिश काउन्सिलका आईईएलटीएस निर्देशक एन्ड्र्यिू म्याकेन्जीले बताए । “उपयुक्त तयारी र सहायता भयो भने हाम्रा परीक्षार्थीहरूले परीक्षामा उत्कृट अंक हासिल गर्न सक्छन् भन्नेमा हामी विश्वस्त छौँ,” म्याकेन्जीले भने । 

    “अङ्ग्रेजीमा आफ्नो प्रदर्शन निपुण छैन भन्ने महसुस परीक्षार्थीहरूले गरिरहेका छन् भने वन स्किल रिटेकले त्यस्ता परीक्षार्थीहरूलाई त्यो एउटा सिपमा दोहो¥याएर परीक्षा दिने अवसर दिनेछ, यसले निष्पक्षता बढाउने हामीले आशा गरेका छौँ,” उनले भने । 

    आईईएलटीएस वन स्किल रिटेक ग्रहण गर्ने सङ्गठनहरूले आवेदनको स्तरमा सम्झौता नगरीकन प्रवेशसम्बन्धी मापदण्ड हासिलमा आफ्ना परीक्षार्थीहरूलाई लचकता दिन सक्नेछन् । “परीक्षार्थीहरूलाई आफ्नो पूर्ण क्षमता अनुसारको अंक हासिल गर्न सघाउने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउने यो पहलप्रति आईईएलटीएस पार्टनरहरूलाई पनि गर्व छ,” म्याकेन्जीले भने । 

    आईईएलटीएस वन स्किल रिटेक चयन गर्ने परीक्षार्थीहरूले दोस्रो परीक्षा रिपोर्ट फारम पाउनेछन् । यसलाई बसाइसराइँ वा अध्ययनको प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ । पाएको अंकका आधारमा परीक्षार्थीहरूले दोहो¥याएर दिएको शीप परीक्षामा पुरानो वा नयाँ रिपोर्ट कुन प्रयोग गर्ने भनेर रोज्न सक्नेछन् । आईईएलटीएस वन स्किल रिटेकका लागि सुरुको परीक्षा दिएको ६० दिनभित्रको म्याद लिन सकिनेछ ।

    “नेपालमा आईईएलटीएस परीक्षार्थीहरूलाई उनीहरूले सकेको उत्तम अंक हासिल गर्न सक्ने बनाउन चाहन्छौँ,’ नेपालका लागि परीक्षा निर्देशक राइम्यान म्याक्सिमले भने । यो नयाँ पहलले परीक्षार्थीहरूलाई पूर्ण सम्भावना हासिलमा सघाउने हाम्रो प्रतिबद्धता उजागर गरेकोमा हामीहरू शानसँग भन्न सक्छौँ,” उनले भने । 

    अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) विदेशमा उच्च अध्ययन तथा आप्रवासनको प्रयोजनमा विश्वमा सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा निपुणता परीक्षा हो । विश्वभर ११ हजार ५०० भन्दा धेरै संघसंस्थाहरूले आईईएलटीएसमाथि विश्वास गरेका छन् । यी संघसंस्थाहरूमा शैक्षिक संस्था, रोजगारदाता, सरकारी तथा पेशागत निकायहरू पनि छन् ।

    आईईएलटीएसमा ब्रिटिश काउन्सिल, आईडीपीः आईईएलटीस अष्ट्रेलिया र क्याम्ब्रिज असेसमेन्ट इङ्लिशको संयुक्त स्वामित्व छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार