images
images

आजदेखि इन्द्रजात्रा सुरुः उपत्यकाको यी ठाउँहरूमा तीन दिन गाडी चल्न नपाउने, कुन–कुन ?

आजदेखि इन्द्रजात्रा सुरुः उपत्यकाको यी ठाउँहरूमा तीन दिन गाडी चल्न नपाउने, कुन–कुन ?

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • आजदेखि इन्द्रजात्रा सुरुः उपत्यकाको यी ठाउँहरूमा तीन दिन गाडी चल्न नपाउने, कुन–कुन ?

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले यैया (इन्द्रजात्रा)को अवधिभर विभिन्न स्थानमा गाडी चल्न नदिने भएको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरले असोज ११ गते आउँदै गरेको इन्द्रजात्राको अवधिभर आवागमन व्यवस्थापन गर्नको लागि विभिन्न सडकमा सवारी साधान अवरुद्ध गराउने जानकारी गराएको हो ।

    images
    images

    काठमाडौँको वसन्तपुर केन्द्रीत, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, महत्वको राष्ट्रिय पर्वका क्रियाकलापहरु हिँडेर सञ्चालन गरिने भएकाले महानगरले विभिन्न क्षेत्रमा सवारी साधानको प्रवेश निषेध गर्ने भएको छ । जसको लागि महानगरले जात्राका विशेष दिनमा सवारी साधन प्रवेश गराउन नहुने स्थानहरुको नाम तोकेको छ ।

    जसमा असोज ११ गते बसन्तपुरदेखि मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म क्वने याः (तल्लो टोल) रथ यात्रा रहेको छ । उक्त दिन यी स्थानमा सवारी आवतजावत बन्द हुने छ ।

    त्यस्तै, असोज १२ गते बसन्तपुरदेखि प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानडो हुँदै न्ह्योखाबाट असन तथा इन्द्रचोक हुँदे मखन र हनुमानढोकाबाट बसन्तपुरसम्म थने याः (माथिल्लो टोल) रथ यात्रा रहेको महानगरले जानकारी गराएको छ ।

    त्यसैगरी, असोज १५ गते भने नानिचा याः (महिलाहरुले रथ तान्ने दिन) रहेकाले उक्त दिनमा बसन्तपुरबाट प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथ यात्रा हुने महानगरले जनाएको छ । त्यसैले तोकिएका उक्त स्थानहरुमा मात्रै तीन दिन सवारी साधानहरु बन्द हुने जानकारी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार