images
images

नेपालमा भारतको प्रत्यक्ष लगानी ५० प्रतिशतभन्दा माथि, औद्योगिक क्षेत्रमा सबैभन्दा बढी

नेपालमा भारतको प्रत्यक्ष लगानी ५० प्रतिशतभन्दा माथि, औद्योगिक क्षेत्रमा सबैभन्दा बढी

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ ।

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • images
    images
    नेपालमा भारतको प्रत्यक्ष लगानी ५० प्रतिशतभन्दा माथि, औद्योगिक क्षेत्रमा सबैभन्दा बढी

    काठमाडौँ / नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशहरूमा भारत सबैभन्दा अगाडि रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा भारतको लगानी ५१ प्रतिशतभन्दा बढी रहेको पाइएको हो । 

    images
    images

    प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रुपैयाँ अर्थात ५१ प्रतिशत लगानी भित्रिएको छ । 

    नेपालमा लगानी भित्र्याउनेमा चीन दोस्रो नम्बरमा रहेको देखिन्छ । तथापि चीनको लगानी भारतको भन्दा साढे दुई गुणाभन्दा बढीले कम रहेको पाइएको छ । सो अवधिमा चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ अर्थात १९ प्रतिशत मात्रै लगानी भित्रिएको छ । यसैगरी आयरल्याण्डबाट २० अर्ब ९० करोड रुपैयाँ अर्थात १२ प्रतिशत लगानी आएको छ भने  सिङ्गापुरबाट १६ अर्ब ७ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।

    सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । 

    आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा केन्द्रीय बैङ्कले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन जारी गरेको हो ।
     
    प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार