काठमाडौँ / आज बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो । बुधबार सुनको भाउ प्रतितोला १ लाख ११ हजार रुपैयाँबाट घटेर १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको छ । त्यस्तै, १ लाख १० हजार ४ सय ५० रुपैयाँबाट घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा झरेको छ ।
यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ३ सय ७० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।