images
images

एक सातामा सुनको भाउ प्रतितोला ३३ सय रुपैयाँ घट्यो, कति छ आज ?

एक सातामा सुनको भाउ प्रतितोला ३३ सय रुपैयाँ घट्यो, कति छ आज ?

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • images
    images
    एक सातामा सुनको भाउ प्रतितोला ३३ सय रुपैयाँ घट्यो, कति छ आज ?

    काठमाडौँ / एक सातामा सुनको भाउ प्रतितोला ३ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साता शुक्रबार प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ घटेर यस सातासम्म १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको हो । हिजो बिहीबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ एकै दिन ८ सय रुपैयाँ घटेर हो । त्यस्तै, गत साताको शुक्रबार तेजावी सुनको भाउ १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेकोमा यस सातासम्म घटेर १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

    images
    images

    यता, चाँदीको भाउ भने गत साताको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । गत साता शुक्रबार १ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ घटेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबारको तुलनामा भने आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेको हो । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार