images
images

नेपालमै सम्भव छ अन्तर्राष्ट्रिय स्तरको शिक्षा

नेपालमै सम्भव छ अन्तर्राष्ट्रिय स्तरको शिक्षा

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • नेपालमै सम्भव छ अन्तर्राष्ट्रिय स्तरको शिक्षा

    नेपालमा दिन प्रतिदिन उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको सङ्ख्या बढ्दो छ । गुणस्तरीय जीवन उपयोगी शिक्षाका नाममा विद्यार्थीसँगै देशबाट ठुलो मात्रामा रुपैयाँ पनि बाहिरिएको छ । यो नेपालका लागि दक्ष जनशक्ति पलायन र आर्थिक रूपमा पनि नेपालको अर्थतन्त्रमाथि ठुलो नोक्सानी हो । यद्यपि, नेपालमै पनि केही कलेजहरूले विदेशको तुलनामा कम शुल्कमै अत्याधुनिक प्रविधि र सुविधासहित अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिइरहेका छन् । सोमध्ये एक हो ब्रिटिस एजुकेशन ग्रुपद्वारा सञ्चालित द ब्रिटिस कलेज (टीबीसी) । 

    गत आइतबार  लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का ४०७ जना विद्यार्थीहरूलाई दीक्षित गरेको यस कलेजले विश्व बजारमा मागअनुसार जनशक्ति उत्पादन गरेको बताउँदै आएको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाको सम्भावना कति छ ? यस बिषयमा कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलसँग अर्थ डबलीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः  

    अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै उपलब्ध गराउने हो भने, सोही अनुसारको पाठ्यक्रम हुनुपर्छ । पश्चिमी देशहरूमा डिमान्डअनुसारको पाठ्यक्रम हुन्छ । पठाउने तरिका पनि त्यहि अनुसार नै हुन्छ । हाम्रो समयमा भएको घोकन्ते बिद्या तथा नोट हेरेर पढ्ने अहिले समय छैन । अहिलेको पढाइ अनुसन्धानमा आधारित हुन्छ । यसले विद्यार्थीहरूलाई खोज अनुसन्धानमा सक्रिय बनाइरहेको छ । यस्तो प्रक्रियाबाट लिएको शिक्षा विद्यार्थीहरूले बिर्सिदैनन् र भविष्यमा प्रयोगमा ल्याउँछन् । साथै, जागिरमा वा आफैँ बिजनेस गर्ने हो भने पनि यसले आत्मविश्वास पनि बढाउँछ । अन्य पाठ्यक्रम र कलेजहरूले पनि राम्रा फ्याकल्टीहरू राख्नुपर्छ । प्रशिक्षित र अनुभवी हुनुपर्छ । जग्गाको कारोबार गरेका, डाक्टर/पाइलट बनेका तथा उद्योग चलाएका मान्छेहरूले कलेज चलाउन सक्लान् तर गुणस्तरीय फ्याकल्टी डेभलप गर्न भने गाह्रो छ । त्यसैले बुझेको मान्छेले मात्रै कलेज चलाउन सक्छ ।

    नेपालको शैक्षिक विकासमा सरकारको भूमिका 

    मार्केटमा कस्तो कोर्सको माग बढेको छ ? अन्तर्राष्ट्रिय बजारमा माग केको बढी छ ? ती कोर्सहरू हामीलाई ल्याउन दिनुपर्छ । एउटा कोर्स ल्याउन दुई/चार बर्ष लाग्छ । ती कोर्स आउँदा आउँदै यहाँ ढिलो हुने अवस्था छ । सरकारले बेस्ट कोर्सहरू तथा नेपालका शिक्षण संस्थामा कमै मात्र पढाइ हुने कोर्सहरूलाई प्राथमिकता दिनुपर्छ । त्यस्ता कोर्सहरू नेपालमै पनि विकास गर्न सकिन्छ । यसमा त्रिभुवन विश्वविद्यालयले पनि भूमिका खेल्न सक्छ । अन्तर्राष्ट्रिय रूपमा गरिएको अभ्यासलाई हेर्नु/बुझ्नुपर्छ । 

    ब्रिटिस युनिभसिर्टीहरूले हरेक दुई/चार बर्षमा अबको पुस्तालाई के आवश्यक पर्छ ? अबको माग र मार्केट के हुन्छ ? त्यो अनुसार पाठ्यक्रम परिवर्तन गरिरहन्छन् । नयाँ नयाँ कोर्सहरू अपडेट भइरहन्छ । 

    मन्त्रालयमै होल्ड हुन्छन् नयाँ कोर्सहरू 

    हामीले युकेमा लामो समय एजुकेशन सेक्टरमा काम गरेर आएपछि यहाँ लगानी गरेका हौँ । सानैदेखि एजुकेशन क्षेत्रमा काम गरेको अनुभवले अहिले यहाँसम्म आउन सम्भव भएको हो । यसले प्रोगाम डेभलप गर्न र सोही अनुसारको फ्याकल्टीहरू छनोट गर्न सहयोग पु-याएको छ । 

    युकेमा एजुकेशनसम्बन्धी व्यवसाय राम्रोसँग चलिरहेको थियो तर, देशको मायाले देश फर्कायो । आफ्नै भूमिमा केही गरौँ भन्ने सपना लिएर फर्किएका हामीले सुरुको दुईचार बर्ष निकै हण्डर खानुप¥यो । किन आइएछ भनेर पछुतो पनि लाग्यो । अहिले भने लामो सङ्घर्षपछि केही नयाँ कोर्सहरू चलाउन पाएका छौँ । दुई÷चार ओटा कोर्सहरू अझै मन्त्रालयमा होल्ड भएर बसेको छ । ती कोर्सहरू चलाउन पायौँ भने अहिले ठुलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीहरूमध्ये केहीलाई हामी रोक्न सक्थ्यौँ भने केहीलाई अन्य कलेजले रोक्थे । त्यसैले सरकारले नयाँ कोर्सहरू चलाएका कलेजहरूको प्रमोट गर्नुपर्छ । 

    British collage1.jpg
    नेपालमा सम्भावना नै सम्भावना छ

    नेपालको हावापानी, मौसम, पर्यटकीय स्थान आदिको कारणले साउथ एशियालगायतका स्थानका विद्यार्थीहरूको आकर्षण नेपालमा बढ्दो छ । त्यसैले हामी एजुकेसनको हब बनाउन हामी उत्रिएका हौँ तर नीतिगत रूपमा सरकारले बुझ्न सकेन । उदासिनता देखायो । त्यसैले हामी एक/दुई ओटा ब्रान्चमा सीमित भएर बस्नु परेको अवस्था छ । 

    ब्रिटिश कलेज आइटी बिजनेस कलेज भएको हुनाले पनि यो क्षेत्रमा हामीले ठुलो सम्भावना देखेका छौँ । मेडिकलको पनि हब हुनसक्छ । नेपालको सुन्दरताले पनि विद्यार्थीहरूलाई तान्न सक्छ । नेपालमा पढ्न इन्डियाभन्दा सस्तो पर्न जान्छ । त्यसैले नेपालमा सम्भावना नै सम्भावना छ । सरकारको उदासिनताले शिक्षा क्षेत्रले ग्रोथ लिन सकेन । सरकारको जिडिपी पनि बढ्न सकेन । नेपाललाई एजुकेशनको हब बनाउन हामी लागिपरेका छौँ । सरकारले पनि नीतिगत रूपमा मात्रै भए पनि सहयोग गर्ने हो भने सम्भावना हामी सफल हुन्छौँ । यो कुरालाई सरोकारवाला निकायले गम्भिर रूपमा लिनेछ भन्ने विश्वास लिएको छु । 

    अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि ब्रिटिस कलेज 

    ब्रिटिस कलेजका शिक्षाप्रति जिम्मेवार र गम्भिर छन् । ब्रिटिस एजुकेसन ग्रुपको सल्लाहकारदेखि फ्याकल्टीहरूको टिमसँग प्रोगाम कसरी डेभलप गर्ने भन्ने ज्ञान छ । उनीहरूले ती प्रोगामहरूको महत्त्व बुझेका छन् । डेभलप गरेको प्रोगाम र पढाएको विद्यार्थीहरूलाई के कति एक्स्पोजर दिनुपर्ने हो त्यो दिइन्छ । हामीसँग अन्तर्राष्ट्रिय स्तरको आइटी ल्याब, भिआर ल्याब, हार्डवेयर ल्याब र एआइको ल्याबहरू छन् । त्यसैले हाम्रो विद्यार्थीहरूले त्यो किसिमको एक्सपोजर पाउँछन्  र विद्यार्थीहरूको आकर्षण पनि बढीरहेको छ । 

    नेपालमा आइटी सेक्टरको विकास भएको छ । हाम्रा विद्यार्थीहरू नेपालमै बसेर अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत छन् । ब्रिटिश कलेजको सर्टिफिकेट इन्टरनेशल ‘रिक्गजनाइज’ भएको हुनाले जर्मन, न्युर्योक, युरोप जहाँ गए पनि यहाँका पढेका विद्यार्थीहरूले राम्रो कम्पनीहरूमा अवसर पाएका छन् । युनिभर्सिटीको मान्यता र व्रिटिश कलेजको विद्यार्थीहरूमा गुणस्तर देखेर नै हाइड डिमान्ड भएको हो । हामीसँग साउथ एशियाको विद्यार्थीहरूसमेत नेपालमा ल्याउने योजना छ । नेपाललाई एजुकेशन हबको रूपमा विकास गर्न ब्रिटिश कलेज कोशेढुङ्गो सावित हुनसक्छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार