images
images

प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम, पुस १५ सम्म चार्जिङ स्टेशनको संख्या ५० पुर्याउने लक्ष्य

प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम, पुस १५ सम्म चार्जिङ स्टेशनको संख्या ५० पुर्याउने लक्ष्य

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम, पुस १५ सम्म चार्जिङ स्टेशनको संख्या ५० पुर्याउने लक्ष्य

    काठमाडौँ / एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी सोरूमको उद्घाट्न गरेको छ । यो विस्तारले एमजीको ओनरसिप एक्सपेरियन्स बृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई झनै बलियो बनाएको कम्पनीको दावी छ ।

    images
    images

    नयाँ सोरुम भक्तपुरको गठ्ठाघर खोल्दै एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा एउटा आयाम थप्दै सम्मानित ग्राहकहरूलाई सेवा अझ बढाएको छ । यो सोरुम ग्राहकहरूका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ । 

    नयाँ सोरुमको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले भने, “दोस्रो एमजी सोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई प्रष्ट पारेको छ । ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौँ ।”

    उक्त नयाँ सोरुम मार्फत आफ्नो पहुँच विस्तार गर्दै प्यारामाउन्ट मोटर्स उच्चस्तरीय बिक्री पश्चात्को सेवा र समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यमा अडिगपन कायम गरेको कम्पनीको दावी छ । सोरुम स्थापनाले एमजीलाई नेपालका अटोमोटिभ उत्साहीहरूको रोजाई बनाउने दिशामा थप अर्को कदमको प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ ।
    हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य अर्थात पुस १५ गतेसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पु-याउने लक्ष्य राखेको छ । 

    Paramaunt.jpg

    आफ्ना सेवाग्राहीहरूको सहज यात्राको लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरू मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरू स्थापना गरेको छ । यी स्थानहरूमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरू स्थापना गरिने जानकारी दिएको छ ।

    त्यस्तै, काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरू रहेका छन् ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार