images
images

सेन्साईको दशैं तिहार योजना सार्वजनिक, भाग्यशाली ग्राहकलाई हरेक २४ इन्चको टि.भी. उपहार

सेन्साईको दशैं तिहार योजना सार्वजनिक, भाग्यशाली ग्राहकलाई हरेक २४ इन्चको टि.भी. उपहार

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    सेन्साईको दशैं तिहार योजना सार्वजनिक, भाग्यशाली ग्राहकलाई हरेक २४ इन्चको टि.भी. उपहार

    जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैँ तिहार २०८० लाई लक्षित गर्दै ‘यो दशैँ–तिहार, हरेक दिन टि.भी. उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । ग्राहकहरूले यो योजनाको लाभ भाद्र २७ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन्।

    images
    images

    यो योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिनसम्म ४० भाग्यशाली ग्राहकहरूले प्रत्येक दिन सेन्साईको २४ इन्चको टि.भी. उपहार जित्न सक्नेछन्।

    सेन्साईका ग्राहकहरूले आफुलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ। कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।

     त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ‘सिजि लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्नु हुनेछन् । यी सुबिधाका लागि ग्राहकहरूले धधध।अनभभिह।अयm मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।

    नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण  नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

    कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौँभित्र टङ्गाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गठ्ठाघर, टेकु ,नयाँ बजार र काठमाडौँ बाहिर बनेपा, पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार