images
images

सोल्टी होटेलको सेयर बेचेर जहाज थप्न निगमलाई सुझाव, अन्य सुझावहरू केके छन् ?

सोल्टी होटेलको सेयर बेचेर जहाज थप्न निगमलाई सुझाव, अन्य सुझावहरू केके छन् ?

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    सोल्टी होटेलको सेयर बेचेर जहाज थप्न निगमलाई सुझाव, अन्य सुझावहरू केके छन् ?

    काठमाडौँ / नेपाल वायुसेवा निगम सुधारका लागि बनेको समितिले सोल्टी होटल लिमिटेडको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएको छ । दिपेन्द्र बहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई प्रतिवदेन बुझाउँदै जहाज थप गर्नुपर्ने सुझाव हो । 

    images
    images

    तीन महिना बढी समय लगाएर तयार गरिएको प्रतिवेदनमा समितिले निगमको व्यवस्थापकीय, मानव संसाधनदेखि व्यावसायिकतामा व्यापक कमीकमजोरी औँल्याउँदै सुधारका लागि दर्जनौँ सुझाव दिएको छ ।

    भरपर्दो तथा सर्वसुलभ भाडामा सेवा प्रदान गर्न र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ वि.स. २०१५ सालमा ३८ लाख रुपैयाँ लगानीबाट स्थापित निगमले व्यावसायिक सफलताका लागि ठुलो सम्भावना भए पनि लगानी र भएको पुँजी सम्पत्तिको समुचित प्रयोगमा कमजोरीका कारणले व्यावसायिकतामा पछि परेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    आर्थिक बर्ष २०७८/०७९ सम्म आइपुग्दा ४ अर्ब ९० करोड ऋणात्मक पुँजी रहेको निगममा पुँजी लगानी गरी निगमलाई प्रतिस्पर्धी लाभ अवस्थामा पुर्याउनुपर्ने प्रतिवेदनमा भनिएको छ । न्यारो बडीसहित वाइड बडी जहाज खरिदमा लिइएको ऋणको सावाँ ब्याजसहित निगमको कुल ऋण ४८ अर्ब ३ करोड रुपैयाँ रहेको र कुल ऋणको करिव १० प्रतिशतभन्दा बढीको दरले ब्याज खेपिरहेको अवस्थामा निमगले ऋणभार घटाउने र सहुलियत ब्याजदरको ऋण प्रापत गर्ने उपायको खोजी गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । 

    जहाज क्षमता र बजार व्यवस्था कमजोर हुनु, भएका जहाज ग्राउन्डेड हुने, नयाँ नथप्ने र ऋणमा खरिद गरिएको जहाजको ऋणको भारले निगम माथि उठ्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अहिलेको प्रतिस्पर्धी बजारमा निगमलाई सबल बनाई पुनः प्रतिस्पर्धामा उतार्न जहाजको सङ्ख्यासँगै व्यावसायिक सक्रियता बढाउनुपर्ने समितिले औँल्याएको छ।

    यसका लागि निगमको आन्तरिक स्रोतको बढी भन्दा बढी उपयोग गर्दै जहाज खरिद तथा सञ्चालन गर्नुपर्ने समितिको सुझाव छ । “निगमको स्वामित्वमा सोल्टी होटेल लिमिटेडको १ करोड ३ लाख हजार ६९९ कित्ता सेयर रहेको छ । मिति २०८०।०५।१९ मा उक्त सेयरको बजार मूल्य प्रतिकित्ता ४४३ देखिएको र उक्त बराबर ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुगेको देखिन्छ। सोल्टी होटेल लिमिटेडको उक्त सेयर बिक्री गरी प्राप्त हुने रकमलाई नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिन्छ” प्रतिवेदनमा भनिएको छ । 

    समितिलाई विभिन्न ८ वटा क्षेत्रमा अध्ययन गरी सुधारका लागि सिफारिस पेश गर्न कार्यादेश प्रदान गरिएको थियो। आठवटा कार्यादेश मध्ये दुई प्रमुख छन् स् व्यवस्थापन र संरचनागत सुधार । 

    व्यवस्थापन सुधार अन्तर्गत मुख्यरुपमा पुँजी, ऋण अनुपात अवस्था, सञ्चालनमा रहेका विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संसाधन आदिबारे प्रतिवेदनमा संलग्न भएको छ । 

    संरचनागत सुधारमा मुख्य रूपमा निगमको विभाजन, कार्यकारी प्रमुखको नियुक्ति, थप विभाग, नियामक निकायसँगको सम्बन्ध र ऐनमा संशोधन आदिबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, निगममा दुई नयाँ विभाग रिसर्च एण्ड इनोभेसन र सूचना प्रविधि विभाग थप्नुपर्ने र सञ्चालक समितिको प्रत्यक्ष मातहतमा सञ्चालन हुनेगरी एक लेखा समिति पनि थप गर्नुपर्ने र हालको वाणिज्य विभागलाई मार्केटिङ्ग विभागमा रूपान्तरण गर्नुपर्ने समितिको सुझाव छ । 

    पूर्व गभर्नर क्षेत्री नेतृत्वको ५ सदस्यीय समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई र साहारा न्यौपाने सदस्य रहेका थिए भने समितिले उक्त प्रतिवेदन नेपाल वायुसेवा निगमका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीलाई बुझाएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार