काठमाडौँ / स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरकाअनुसार बजार अनुगमनका क्रममा अखाद्य वस्तु बजारमा पठाइएको पाइएको हो । उक्त कम्पनीमार्फत बजारमा वितरण हुने कोल्ड ड्रिंक स्लाईसमा महानगरपालिकाले अखाद्य वस्तु फेला पारेको थियो । सोही कारण सो कम्पनीलाई जरिवाना तिराइएको महानगरको बजार अनुगमन समितिले जनाएको छ ।
महानगरले उक्त कम्पनीलाई अखाद्य वस्तु बजारमा जानु पूर्व फिर्ता लैजाने व्यवस्था गर्ने, प्याकिंग, पछि रासायनिक, भौतिक दुवै रुपमा गुणस्तर कायम गर्ने र यसपटक बजारमा गएका गुणस्तरहित उत्पादन भएको भएमा पुनः परीक्षण गर्ने निर्देशन दिँदै सो कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
यस्तै प्याकिङपछि भौतिक र रासायनिक दुवै रुपमा अनिवार्य गुणस्तर मापन गर्न र अखाद्य स्लाइसको लटमा उत्पादन भएका अन्य उत्पादनहरूको पुनः गुणस्तर परीक्षण गर्न पनि अनुमगन टोलीले कम्पनीलाई निर्देशन दिएको छ ।