images
images

इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

    काठमाडौँ /  यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुनाहरू स्वदेश फर्केका छन् । यस वर्ष यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको थियो ।  असोज १० गते काठमाडौँ आइपुगेका पाहुनाहरू जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्  । 

    images
    images

    आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तरराष्ट्रिय सङ्घसंस्था)मध्ये यस वर्ष तीनवटा देश (चीन, अमेरिका र दक्षिण कोरिया)का पाँचवटा नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए ।

    यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए । उनी सबै स्वदेश फर्किसकेका छन् ।  त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन् । 

    इन्द्रजात्राको अवसरमा चित्रकला प्रदर्शनी 

    काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको बारेमा थप जानकारी गराउने उद्देश्यसहित यही असोज १३ देखि २३ गतेसम्म कला प्रदर्शनी सुरु गरेको छ ।  नेपाल कला परिषद् ९नेपाल आर्ट काउन्सिल० बबरमहलमा ११ दिनसम्म सञ्चालन हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर जात्रामा आएका पाहुनाहरूलाई अवलोकन गराइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।  

    छोटो अवधिका लागि आएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकाले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्बिर प्रदर्शनी गरिएको उनले जानकारी दिइन् । 

    परिषद्मा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरू, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरू रङको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता रहेका छन् । 

    ऐतिहासिक इन्द्रजात्रा यही असोज ९ गते वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवत्रूपमा सुरुआत भएको थियो । त्यसैगरी १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा चलाइएको थियो । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम गरी जात्रा यस वर्षका लागि सकिने छ ।  जात्राको प्रचलन मल्ल राजा जयप्रकाशका पालादेखि सुरु भएको विश्वास गरिन्छ । 

    भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार