images
images

बाह्र दिनपछि बढ्यो सुनको भाउ, चाँदीको स्थिर

बाह्र दिनपछि बढ्यो सुनको भाउ, चाँदीको स्थिर

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • images
    images
    बाह्र दिनपछि बढ्यो सुनको भाउ, चाँदीको स्थिर

    काठमाडौँ / पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य १२ दिनपछि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार घटेको १२ दिनपछि आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

    images
    images

    असोज २ गते मङ्गलबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता क्रमश घटेर हिजो मङ्गलबारसम्म १ लाख ६ हजार ६ सय रुपैयाँमा आइपुगेको थियो । यस अवधिमा सुनको भाउमा ६ हजार ४ सय रुपैयाँ गिरावट आएकोमा आज भने पुनः बढेको हो । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजावी सुन १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ भने आज स्थिर रहेको महासङ्घले जनाएको छ । असोज २ गतेदेखि आजसम्म चाँदीको भाउ भने प्रतितोला १ सय रुपैयाँले घटेको छ । असोज २ गते प्रतितोला १ हजार ४ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार