images
images

मोरक्कोमा अर्थमन्त्री डा.महतले आएएफसि उपाध्यक्षसँग छलफलमा राखेका यी ५ विषयहरु

मोरक्कोमा अर्थमन्त्री डा.महतले आएएफसि उपाध्यक्षसँग छलफलमा राखेका यी ५ विषयहरु

मंगलवार, असोज २३ २०८०
मंगलवार, असोज २३ २०८०
  • images
    images
    मोरक्कोमा अर्थमन्त्री डा.महतले आएएफसि उपाध्यक्षसँग छलफलमा राखेका यी ५ विषयहरु

    मोरक्को मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसि) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । 
    उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको अर्थमन्त्रालयले जनाएको छ ।

    images
    images

    १. बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि 

    बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको थियो । 

    २.आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअप क्षेत्रमा लगानी विविधिकरण 

    नविनतम वित्तीय उपकरणहरूमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधिकरण गर्न नवीन वित्तिय उपकरणहरू परिचालन गर्नु पर्ने विषयमा जोड दिए । 

    ३. खासगरी विदेशी विनिमय जोखिम र लागत न्युनिकरणः 
     
    खासगरी विदेशी विनिमय जोखिमको कारणले आइएफसिमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्युनिकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसिले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने बताए । 

    ४. सुरक्षित कारोबार ऐन संसदमा :

    बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी गराए । 
    यस्तैगरी कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसिको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता दिएका छन् ।  साथै स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए । 

    ५. कन्ट्री पाटनरसीप फ्रेमवर्क :


    अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण बिषय समावेश हुने विश्वास व्यक्त  गरे । 
    आइएफसिका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रबर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गरे । 

    उक्त अवसरमा अर्थमन्त्री महतको आइएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसंग द्धिपक्षीय हितका विषयमा वार्ता सम्पन्न भयो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार