images
images

किन अचाक्ली महँगियो जिरा ?, एक बर्षमा १५५ प्रतिशत मूल्यवृद्धि

किन अचाक्ली महँगियो जिरा ?, एक बर्षमा १५५ प्रतिशत मूल्यवृद्धि

गत बर्ष यता जिराको मूल्य ३ पटकसम्म बढेर हाल बजारमा एक हजार २५० रुपैयाँदेखि एक हजार चार सय रुपैयाँको हाराहारिमा पुगेको छ ।

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • images
    images
    किन अचाक्ली महँगियो जिरा ?, एक बर्षमा १५५ प्रतिशत मूल्यवृद्धि

    काठमाडौँ / नेपालीहरूको महान चाड दसैँ तिहार र छठ नजिकिएसंगै नेपालीहरूको भान्सा पनि महँगिएको छ । अघिल्लो बर्षको तुलनामा यो बर्षको दसैँ झनै महँगो हुने भएको छ । चाडबाडमा मसलाको रुपमा अत्याधिक खपत हुने जिराको मूल्य दसैँको मुखमा दोब्बर भन्दा बढीले बढेको छ । 

    images
    images

    गत बर्ष २०७९ मा जिराको प्रतिकिलो मूल्य ४५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघको अनुसार गत बर्ष यता जिराको मूल्य ३ पटकसम्म बढेर हाल बजारमा एक हजार २५० रुपैयाँदेखि एक हजार चार सय रुपैयाँको हाराहारिमा पुगेको छ । चैत २०७९ मा प्रतिकिलो जिराको मूल्य ७ सय रुपैयाँ थियो । यस्तै,  बैशाखमा जिराको मूल्य प्रतिकिलो ८ सय ५० रुपैयाँ थियो । संघको अनुसार १ बर्षमा जिराको मुल्य १५४.५४ प्रतिशतसम्म बढेको छ । 

    हाल बजारमा एक किलो दाना जिराको मूल्य होलसेलमै १२ सय नाघेको छ । संघको अनुसार आम उपभोक्तालाले भने हाल दाना जिराको लागि प्रतिकिलो १४ सय सम्म तिनुपर्नेछ । गत बैशाखमा ४०० रुपैयाँमा कारोबार हुने दाना जिराको मुल्य ५ महिनामा नै ३ गुणाले बढेको छ । 

    त्यस्तै, जिरा पाउडरको मुल्य बढेर प्रतिकिलो १३ सय रुपैयाँ पुगेको छ । बैशाखमा पाँच सय रुपैयाँ रहेको जिरा पाउडर खुद्रा मुल्य झन्डै ३ गुणाले बढेको संघले जनाएको हो । संघका अनुसार विगत ४–५ बर्षदेखि जिराको मुल्य प्रतिकिलो ५ सय रुपैयाँ भन्दा माथि पुगेको थिएन । तर यसपटक गएको दसैँ तिहार पछि विस्तारै मुल्य बढ्न थालेको हो । 

    नेपालमा बार्षिक करिब ६० लाख किलो जिरा खपत हुने गरेको छ । यसमध्ये आन्तरिक उत्पादन लगभग शून्य छ । नेपालमा उपभोग हुने जिराको झन्डै ९० प्रतिशत भारत र ८ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुने गरेको छ । 

    किन बढिरहेको छ जिराको मूल्य ?

    विगत ४-५ वर्षदेखि जिराको मूल्य प्रतिकिलो ५ सय रूपैयाँभन्दा माथि पुगेको थिएन तर यसपटक गएको दसैँतिहारपछिदेखि विस्तारै जिराको मूल्य बढ्न थालेको हो। 

    ‘भारतमै जिराको मूल्यवृद्धि भएको भन्दै नेपाली बजारमा पनि मूल्य बढाइएको छ, नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारतबाट आयात हुने गर्दछ । तर हाल भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा परेको हो किनभने हामीकहाँ यसको खेती छैन ।’ 

    खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार यस बर्ष भारतमा जिरा उत्पादन कम भई मूल्य बढ्नु नै अहिलेको नेपाली बजारको मुख्य समस्या हो । उनका अनुसार, नेपालमा ९० प्रतिशत जिरा भारतबाट आयात हुने गरेको छ । जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उत्तरचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भन्छामा पर्न जान्छ । स्वादको लागि मसलाको रुपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको हो । 

    ‘भारतमै जिराको मूल्यवृद्धि भएको भन्दै नेपाली बजारमा पनि मूल्य बढाइएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारतबाट आयात हुने गर्दछ । तर हाल भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा परेको हो किनभने हामीकहाँ यसको खेती छैन ।’ 

    अन्य समयमा भन्दा चाडपर्वको बेला जिराको खपत पनि धेरै हुने गर्दछ । जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ । उनका अनुसार यदि चीनबाट पनि नेपाली बजारमा जिरा आयात गर्ने हो भने प्रतिकिलो ११ सय ५० रुपैयाँ देखि १२ सय रुपैयाँसम्म पर्न जान्छ । अध्यक्ष श्रेष्ठका अनुसार हाल जिराको मुल्य १५५ प्रतिशतसम्म बढेको भएतापनि बजारमा जिराको अभाव भने छैन । उनका अनुसार हाल बजार माग धन्न चीन, टर्की र इरानबाट समेत जिरा आउन थालेको छ । तर क्वालिटिको हिसावले भने भारतीय जिरा राम्रो हुने उनले बताए । 

    पछिल्लो एकवर्षदेखि भारतमा नै जिराको उत्पादनमा कमी आएको छ। भारतले सार्क राष्ट्रबाहेकका देशमा जिरा निर्यातमा लगाएको प्रतिबन्ध पनि अहिले खुला गरिसकेको छ। बढ्दो मागअनुसार उत्पादन नहुँदा भारतमै जिराको मूल्य बढेको श्रेष्ठ बताउँछन्। विगतका वर्षहरूमा भन्दा चालु आवमा जिरा आयात कम भएको छ। जिराको आयात कम हुनुको कारणमा मूल्य बढेसँगै माग घट्नु पनि हो। पहिले जिराको बढीजसो व्यापार दसैँ तथा तिहार आसपासमा नै हुने गर्दथ्यो। अहिले जिराको माग सधैँजसो उस्तै नै छ। जिराको माग कोरानाको समयपछि झन बढेको छ। त्यसमा विशेषगरी जिरा पानी खाने प्रचलन बढेको मानिएको छ तर अहिले भने मूल्य बढ्दा केही माग घटेको छ। 

    जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्व बजारमा जिराको मूल्य अत्याधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालीको बजारमा परेको छ । हाल जिरा उत्पादन गरेर बिक्री गर्ने मुलुक भारत आफैँ जिराको आयात गरिरहेको छ । भारतमा सन् २०२१ मा ७९५ हजार टन जिरा उत्पादन भएको थियो । तर गत बर्ष २०२२ मा ५५६ हजार टन मात्रै उत्पादन भयो । यो हिसाबले भारतमा १ बर्षमा जिरा उत्पादन ३० प्रतिशतले घटेको देखिन्छ । उत्पादनमा आएको भारी गिरावटले हाल जिराको मूलय बढ्दै गएको दाबी व्यापारीहरूको छ । यो बर्ष (सन् २०२३) मा ६२७ हजार टन जिरा उत्पादन हुने अनुमान भारतको छ । उत्पादन बढे आगामी बर्ष मूल्यमा केहि कमी आउने छ । 

    जिराको मूल्यमा कालोबजारी

    भन्सारमा घोषणा हुने मूल्य हेर्दा पछिल्लो समय प्रतिकिलो ५ सय ८५ रुपैयाँ परेको छ। करसहित जोड्दा जिरा प्रतिकिल्लो ५ सय ८५ रुपैयाँ मूल्यमा नेपाल आएको देखिन्छ। तर बजारमा भने होलसेलमै १२ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ।

    हाल बजारमा बिक्री हुने गरेको जिरामा कालोबजारी भइरहेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ। तथ्यांक हेर्दा अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यको आडमा नेपाली व्यवसायीले अधिक नाफा लिएर बिक्री गरिरहेको देखिन्छ।पहिलो कुरा त जिराको मूल्यवृद्धि भएको छ तर त्यसको अर्थ उपभोक्ता मूल्य जसरी बढेको छ त्यसरी भने होइन।

    भन्सारमा घोषणा हुने मूल्य हेर्दा पछिल्लो समय प्रतिकिलो ५ सय ८५ रुपैयाँ परेको छ। करसहित जोड्दा जिरा प्रतिकिलो ५ सय ८५ रुपैयाँ मूल्यमा नेपाल आएको देखिन्छ। तर बजारमा भने होलसेलमै १२ सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ। खुद्रा बजारमा भने १२ सय ५० देखि १४ सय रुपैयाँसम्म लिने गरेका छन्।  

    पछिल्लो दुई महिनाको औसत मूल्य हेर्दा भन्सारमा ५ सय ८५ रुपैयाँमै आएको जिरा बजारमा भने १४ सय रुपैयाँसम्म बिक्री भइरहेको छ। तर उपभोक्ता मूल्य भने त्यसको दोबरसम्म पुगेको छ। केही लागत र नाफा जोड्दैमा दोबरसम्म मूल्य पुग्नु स्वभाविक मूल्यवृद्धि होइन। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिना गेडा जिराको भन्सार मूल्य र राजस्व मूल्य समेत जोड्दा प्रतिकिलो भन्सारबाट पास हुँदा ५ सय ८५ रुपैयाँ रहेको छ भने पिसेको जिराको प्रतिकिलो ८ सय ४६ रुपैयाँ प्रतिकिलो परेको छ।

    भन्सारको तथ्याङ्कमा किन कम देखिन्छ आयातको मूल्य ? 

    चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा अर्थात साउन–भदौँ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबरको जिरा आयात भएको छ । यस्तै, चालु आवको पहिलो महिनामा मात्रै २९ करोड १८ लाख रुपैयाँ बराबरको ६ लाख ४ हजार किलो जिरा आयात भएको तथ्याङ्क छ । 

    मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भएपनि स्थानीय भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार पछिल्लो समयमा अस्वभाविक रुपमा जिराको मूल्य वृद्धि हुँदा समेत यसको मागमा भने कमि नआएको पुष्टि भएको छ । 

    तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० मा ६० लाख श्९७ हजार किलो जिरा आयात भएको थियो । २ अर्ब २० करोड ५० लाख मूल्य बराबरको उक्त जिरा आयातमा सरकारले ३७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, आर्थिक बर्ष २०७८/७९ मा ८४ लाख ६२ हजार ७ सय १७ केजी जिरा आयात गरेको थियो । जसको मूल्य २ अर्ब ७ करोड ८० लाख ५१ हजार रुपैयाँ रहेको थियो । उक्त आवमा जिरा आयातबाट सरकारले ३८ करोड ५६ लाख १८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो । 

    यता, आर्थिक बर्ष २०७७/७८ मा दुई अर्ब ४५  करोड ८९ लाख ९८ हजार रुपैयाँ बराबरको जिरा आयात भएको थियो । यस्तै, आव २०७६/७७ मा दुई अर्ब २६ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको जिरा आयात भएको केन्दिको तथ्याङ्क छ । आव २०७५/७६ मा एक अर्ब ८९ करोड ६६ हजार रुपैयाँ बराबरको आयात भएको थियो । तथ्याङ्क अनुसार बजारमा जिराको खपत बढेसंगै आयात पनि बर्सेनि बढ्दै गएको छ । 

    लागत वृद्धिको तुलनामा उपभोक्ता मूल्य वृद्धि झन्डै तेब्बरले बढ्नुको कारण भने स्पष्ट छैन । भारतमा हाल जिरको खुद्रा मूल्य ७ सयदेखि ९ सय चारतिय रुपैयाँसम्म रहेको देखिन्छ । 

    यता, तथ्याङ्कमा जिराको लागत, राजस्व र आयात परिणम हेर्ने हो भने आर्थिक बर्ष २०७९/८० मा जिराको मुल प्रतिकिलो लागत २९२ रुपैयाँ मात्रै दखिन्छ । आर्थिक बर्षको चैतसम्म जिराको थोक बिक्री मुल्य ५५० रुपैयाँ प्रतिकिलोबाट सुरु भएर ८५० रुपैयाँ सम्म पुगेको थियो । चालु आर्थिक बर्षको दुई महिनामा गत बर्ष भन्दा स्वभाविक रुपमा जिराको लागत बढेको देखिन्छ । तर, लागत वृद्धिको तुलनामा उपभोक्ता मूल्य वृद्धि झन्डै तेब्बरले बढ्नुको कारण भने स्पष्ट छैन । भारतमा हाल जिरको खुद्रा मूल्य ७ सयदेखि ९ सय चारतिय रुपैयाँसम्म रहेको देखिन्छ । 

    यस्तो छ विभिन्न आर्थिक बर्षमा भएको जिरा आयातको तथ्याङ्क

    1.JPG

    जिरा उत्पादनमा भारत पहिलो नम्बरमा

    जिरा उत्पादनमा भारत पहिलो नम्बरमा आउछ । विश्वभर उत्पादन हुने कुल जिराको बजारमध्ये ७० प्रतिशतभन्दा बढी भारतमा नै उत्पादन हुन्छ । जिरा उत्पादन जाडो महिनामा हुने गर्छ । भारतमा सबैभन्दा धेरै जिरा उत्पादन गुजरातमा हुने गरेको छ । कुल उत्पादनको करिब ४० प्रतिशत हिस्सा गुजरातले ओगटेको छ । गत बर्ष गुजरातमा नै जिरा उत्पादन ३०देखि ४० प्रतिशत हाराहारीले घटेको छ । 

    भारतपछि दोस्रोमा सिरिया १३ प्रतिशत, टर्की ५ प्रतिशत, युएईमा ३ प्रतिशत, इरानमा २ प्रतिशत र अन्य मुलुकहरूमा ७ प्रतिशतको हाराहारिमा जिा उत्पादन हुदै आएको बताइएको छ । भारतको जिरा चीन, सिङ्गापुर, बङ्गलादेश, अफगानिस्तान, साउदी अरब, नेपाल, अमेरिका, बेलायत, दक्षिण अफ्रिकासहित युरोपियन मुलुकमा पुग्ने गरेका छ । भारत, कतार, टर्की, बेल्जियमबाट नेपालमा जिरा आयात हुने गर्छ । 

    सरकारले मुल्यवृद्धि नियन्त्रण गर्नुपर्छ की पर्दैनः सांसद श्रेष्ठ

    samsad lilanath shrestha.JPG

    जिरा ३ सयबाट बढेर १२ सय रुपैयाँ पुगेको छ, चार सय प्रतिशत बढको छ । चिनी ८० बाट बढेर १३०, दाल १४० बाट बढेर २५० र चामल १६ सयबाट बढेर २५ सय रुपैयाँ पुगेको छ। यी केही उदाहरण मात्र हुन। सरकारले यसलाई नियन्त्रण गर्नुपर्छ की पर्दैन ?

    सांसद लीलानाथ श्रेष्ठले चाडबाडको मुखमा चरम महँगी बढिरहेको उल्लेख गर्दै सरकार महँगी नियन्त्रणमा जिम्मेवार नभएको आरोप लगाएका छन्।

    उनले असोज १८ गते बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै भने, ‘जिरा ३ सयबाट बढेर १२ सय रुपैयाँ पुगेको छ, चार सय प्रतिशत बढको छ । चिनी ८० बाट बढेर १३०, दाल १४० बाट बढेर २५० र चामल १६ सयबाट बढेर २५ सय रुपैयाँ पुगेको छ। यी केही उदाहरण मात्र हुन। सरकारले यसलाई नियन्त्रण गर्नुपर्छ की पर्दैन ? के सरकार भनेको झन्डा हल्लाउने मात्र हो ?’

    उनले देश चरम महँगीबाट गुज्रिरहँदा देशमा सरकार नै छ की छैन भन्ने अवस्था आएको बताए।  ‘त्यसकारण सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछु। यस्तो गर्ने छुट सरकारलाई छैन’, सांसद श्रेष्ठले भने।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार