images
images

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी

नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी

बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद् : मन्त्री भण्डारी
    images
    images

    काठमाडौँ /  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको  उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदेशमा चिनिनु आवश्यक रहेको बताएका छन् । 

    बिहीबार स्वदेशी उत्पादन तथा सेवाहरूको बृहत प्रदर्शनीमा बोल्दै मन्त्री भण्डारीले हाम्रो उत्पादन नेपाली बजारले नै चिन्न नसकेको बताएका  हुन् ।
    उनले भने, “हाम्रो उत्पादन, हाम्रो ब्राण्ड, हाम्रो गुणस्तर, हाम्रो पहिचान, थुप्रै व्यवसायहरू विश्व बजारमा चिनिनुपर्छ । हाम्रो उत्पादन कस्तो छ ? यो पहिलो  कुरा त हाम्रो यति राम्रो उत्पादन, हाम्रो राम्रो ब्राण्ड र हामीसँग भएको यस्तो राम्रो सीप स्वदेशमा नै चिनिनुपर्छ । हामीले विश्व बजारमा हाम्रो उत्पादन चिनाउनु भन्दा पहिले स्वदेशमा चिनिनुपर्ने आवश्यक छ । हामीले उत्पादन गरेको वस्तु हामीहरूले  नेपाली बजारले नै नचिन्ने एउटा दुखद कुरा हो ।”

    यसैगरी उनले हामीले निर्यात गरेका सबै वस्तुहरूमा राम्रो प्रतिफल ल्याउन नसकेको बताए । उनले लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने जरुरी रहेको बताए ।

    उनले भने, “जबसम्म वस्तुको भ्यालु, यसको ब्राण्ड, हाम्रो सम्भावनहरू कहाँ कहाँसम्म छ त्यो बुझ्नुपर्छ । हामीले अहिलेसम्म जे  दिन सकेका छौँ विश्व बजारमा कतिपय राम्रो निर्यात पनि गरेका छौँ । केही निर्यात गरेका सबै वस्तुहरूमा सोचेजस्तो राम्रो प्रतिफल ल्याउन सकेनौँ । तर अब लामो समयदेखि धरमराई रहेको नेपालको उद्योग उठाउनुपर्ने छ ।”

    सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादित वस्तुहरूमा नेपालको सम्भावना धेरै नै रहेको बताए । उनले धेरै उत्पादित वस्तुहरू उत्पादन गर्न सक्ने क्षमतामा नेपाल पनि भएको बताए ।

    उनले भने, “नेपाल धेरै उत्पादित वस्तु उत्पादन गर्नसक्छ । उत्पादित वस्तुहरू उत्पादन गर्न सक्ने क्षमतामा हाम्रो  देशमा पनि छ । यहाँको आफ्नै उत्पादनलाई प्रमोट गर्न आवश्यक छ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार