images
images

आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुन्छ : गुरुङ

आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुन्छ : गुरुङ

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुन्छ : गुरुङ

    गलकोट / नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आन्तरिक प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन हुने बताएका छन् । यसरी नेतृत्व चयन हुनु कम्युनिष्ट पार्टीका लागि उदारणीय भएको समेत उनले बताए । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले प्रतिस्पर्धाबाट नै योग्य र सक्षम नेता जन्मिने भएकाले प्रतिस्पर्धालाई सामान्यरुपमा लिनुपर्ने बताए ।

    images
    images

    एमाले जिल्ला कमिटी बागलुङले बुधबार आयोजना गरेको गण्डकी प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको सम्मान कार्यक्रममा उनले प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने एमाले मात्र कम्युनिष्ट पार्टी भएको बताए ।

    नेता गुरुङले भने, “यो आन्तरिक निर्वाचन हो, अब निर्वाचन सकिएपछि यसको असर पर्न हुँदैन ।” एमालेले अब झनै सशक्त भएर साङ्गठनिक गतिविधि अघि बढाउने उल्लेख गर्दै नेता गुरुङले एमाले जनता र कार्यकर्तामा आधारित पार्टी भएको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार