images
images

सेयर बजारको सबै सेक्टरमा पहिरो, करिब १३ अर्बको कारोबारमा हिमालयन रिइन्स्योरेन्सको हिस्सा अर्ब माथि

सेयर बजारको सबै सेक्टरमा पहिरो, करिब १३ अर्बको कारोबारमा हिमालयन रिइन्स्योरेन्सको हिस्सा अर्ब माथि

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • सेयर बजारको सबै सेक्टरमा पहिरो, करिब १३ अर्बको कारोबारमा हिमालयन रिइन्स्योरेन्सको हिस्सा अर्ब माथि
    images
    images
    images
    images

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन मङ्गलबार पनि सेयर बजार घटेको छ । लगातार ९ दिन बढेको सेयर बजार १०औँ दिनमा सोमबारदेखि घट्न थालेको बजारले आज पनि निरन्तरता पाएको हो । 

    लगानीकर्ताहरूको मन स्थिर हुन नसक्दा र छोटो अवधिमा नाफा कमाएर बाहिरिने लगानीकर्ताहरू हाबी हुँदा बजारमा बिक्री चाप बढेको देखिन्छ । 

    आज नेप्से परिसूचक ३०.३६ अङ्कले घटेर २८४६.३० बिन्दुमा झरेको छ । हिजो सोमबार भने  २८७६.६६ बिन्दुमा झरेको थियो । २८९३.३६ बिन्दुमा पुगेर झरेको बजार बन्द हुने समयसम्म पनि उकालो लाग्न सकेन । 

    नेप्सेसँगै आज कारोबार रकमसमेत घटेको छ । सोमबार १४ अर्ब २८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज १२ अर्ब  ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको हो । 

    मङ्गलबार ४१ ओटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने बाँकी १९८ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य आज स्थिर रह्यो ।मङ्गलबार ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १ लाख २२ हजार ३३६ पटकमा किनबेच भए । 
     
    आज पुँजीकरण रकम पनि घटेर ४७ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । 

    मङ्गलबार कारोबारमा आएका सबै सेक्टरको परिसूचकमा पहिरो गएको छ । जसमा सर्वाधिक बढी उत्पादन तथा प्रशोधन समूह २.२१ प्रतिशतले घटेको छ । यसैगरी, निर्जीबन बिमा १.११ प्रतिशत, वित्त २.१० प्रतिशत, बैंकिङ १.०५ प्रतिशत, हाइड्रोपावर १.०८ प्रतिशत, लगानी १.७५ प्रतिशत लघुवित्त १.४१ प्रतिशतले घटेको छ । 

    अन्य समूहको परिसूचकमा पनि आज १ प्रतिशतभन्दा कमको गिरावट आएको छ । कारोबारमा आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भइरहेको उच्च बृद्धि आज पनि कायमै छ । मूल्यमा पोजेटिभ सर्किट लागेको यो एकलौटी कम्पनी हो । प्रतिकित्ता १२५.६० रुपैयाँले मूल्य बढेर अन्तिम मूल्य आज १३८२ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६६ प्रतिशतले बढेर प्रतिकित्ता ५०९१ रुपैयाँ कायम भएको छ । यता, सिन्धु विकास बैंकको लगानीकर्ताले आज पनि सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । प्रतिकित्ता १३७ रुपैयाँले घटेर सिन्धु विकासको अन्तिम मूल्य आज १२३३ रुपैयाँमा झरेको हो । 

    त्यस्तै, सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९ प्रतिशत अर्थात २३३ रुपैयाँले घटेर २३५५ रुपैयाँ कायम भएको छ । नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य पनि आज ७.४६ प्रतिशतले घटेर प्रतिकित ५४६ रुपैयाँ कायम भएको छ । 

    आज पनि हिमालयन रिइन्स्योरेन्सको कारोबार रकममा सर्वाधिक बढी हिस्सा रहेको छ । कुल कारोबार रकममा यो कम्पनीको हिस्सा १ अर्ब ९ करोड ३० लाख ७८ हजार रुपैयाँ छ । 

    त्यस्तै, दोस्रो स्थानमा रहेको  नेपाल पुनर्बिमा कम्पनीको आज ६४ करोड २५ लिाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
    कारोबार बन्द हुने समयसम्म हिमालयनको सेयर मूल्य ११२४.१० रुपैयाँ छ भने नेपाल पुनर्बीमको १३४१ रुपैयाँ पुगेको छ । यी दुबै कम्पनीको सेयर मूल्य आज पनि बढेको हो । 

    त्यस्तै, सेयर मूल्य घटेको सिन्धु विकास बैंकको ४७ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com