काठमाडौँ / बिहीबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ बढेर प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको हो । बुधबार भने सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार हुनेछ ।
यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ५० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।