images
images

अबको आर्थिक नीति वैकल्पिक रोजागारीमा लक्षित हुनुपर्छः मन्त्री रिजाल

अबको आर्थिक नीति वैकल्पिक रोजागारीमा लक्षित हुनुपर्छः मन्त्री रिजाल

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • images
    images
    अबको आर्थिक नीति वैकल्पिक रोजागारीमा लक्षित हुनुपर्छः मन्त्री रिजाल

    काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले पूर्वाधार,पर्यटन, निर्माणको क्षेत्रमा लगानी बढाउँदै लगेको बताएका छन्।

    images
    images

    शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकमा उत्पादन रोजगारी, स्वरोजगारी सिर्जना गरी जीवनस्तर सुधार गर्न परम्परागत ज्ञान तथा सीपमा व्यवसायीकरण, विद्यललयहरुमा व्यवहासयिक शिक्षा सञ्चालन र कृषिमा आधुनिकीकरणजस्ता कार्यक्रममा सरकारले प्राथमिकता दिएको बताए।

    उनले सरकारका विभिन्न प्रयासका बाबजुद कोभिड–१९ लगायतका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्तारचढावका कारण देशभित्रका आर्थिक गतिविधि सुस्त हुँदा राजश्व संकलन र पुँजीगत खर्चमा कमी आएको बताए।

    उनले वैकल्पिक रोजागारीका लागि अबका आर्थिक नीतिहरु लक्षित हुनुपर्ने उल्लेख गरे। उनले युवाको लागि उद्यमको क्षेत्रमा सहुलियतपूर्ण कर्जा तथा कर्जामा दिइएको अनुदान कार्यको निरन्तरता, एवं कृषि पर्यटन, जलश्रोत, वन, जडिबुडी र खनिजलाई आधार बनाइ उद्यमशीलता विकास तालिम सहुलियतपूर्ण कर्जाको सहज वातावरण निर्माण गरी युवा उद्यमशीलतालाई माथि उठाउने नीति कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार