चर्चित समाचार
  • नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिहरूबिच शैक्षिक क्षेत्रका विषयहरूमा छलफल

    नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिहरूबिच शैक्षिक क्षेत्रका विषयहरूमा छलफल

    शनिवार, जेठ ५ २०८१
    शनिवार, जेठ ५ २०८१
  • नेपाल उद्योग परिसंघ र विश्वविद्यालयका उपकुलपतिहरूबिच शैक्षिक क्षेत्रका विषयहरूमा छलफल

    काठमाडौँ / नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गरेको छ । 

    परिसंघको शिक्षा परिषद्को संयोजनमा शुक्रबार अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगहरूबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा उपकुलपतिहरूसँग परिसंघले छलफल गरेको हो । 

    छलफलमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र नेपाल उद्योग परिसंघ शिक्षा परिषद्का सभापति द्धिराज शर्मालगायत सहभागी थिए । 

    छलफलमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले उद्योगको आवश्यकता अनुरुप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको बताए । साथै, उनले यसका लागि परिसंघ विश्वविद्यालयहरूसँग समन्वय, सहकार्य गर्न तयार रहेको बताए । 

    लुम्बिनी विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तर बृद्धि गर्न आवश्यक रहेको बताउँदै पाठ्यक्रम बजार आवश्यकता अनुसारको बनाउन जरुरी रहेको बताए ।

    पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुर्नविचार गर्नुपर्नेमा जोड दिए । 

    शिक्षामा नयाँपनको आवश्यकता रहेको बताउँदै पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इन्टलिजेन्समा स्नातकतहको पाठ्यक्रम सञ्चालनमा ल्याईएको जानकारी गराए । 

    मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थीहरूलाई नेपालमा आर्कषित गर्न विश्वविद्यालयहरु र्याङकिङमा केन्द्रीत हुनुपर्ने बताए । 

    विद्यार्थीहरूले र्याङकिङमा हेरेर विश्वविद्यालय छनौट गर्ने भएकाले विश्वविद्यालयको र्याङकिङ बृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार