images
images

नेपालमा मत्स्य पालनका प्रशस्त आधार छन् : मन्त्री भुसाल

नेपालमा मत्स्य पालनका प्रशस्त आधार छन् : मन्त्री भुसाल

शनिवार, असोज २७ २०८०
शनिवार, असोज २७ २०८०
  • नेपालमा मत्स्य पालनका प्रशस्त आधार छन् : मन्त्री भुसाल
    images
    images

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले नेपालमा मत्स्य पालनका प्रशस्त आधार रहेको बताएका छन् । राष्ट्रिय मत्स्य विकास नीति, २०७९ को कार्ययोजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री भुसालले मत्स्य क्षेत्रमा अनेकौं सम्भावना र आधार रहेको औल्याए ।

    ‘नेपालमा प्राकृतिक पोखरी, नदी, तालतलाउ प्रयाप्त छन् । जहाँबाट अनेकौं प्रकारका माछा उत्पादन गर्न सकिने आधार छ, मन्त्री भुसालले भने, ‘पछिल्लो समय व्यवसायिक रुपमा मत्स्य पालन गर्ने किसानको संख्या पनि बढिरहेको छ ।’

    जोखिम बिनाको व्यवसाय कतै पनि नभएको भन्दै मत्स्यका क्षेत्रमा समेत जोखिम रहेको उनले सुनाए । तर, अरु क्षेत्रमा भन्दा आफूले मत्स्यका कम जोखिम देखेको जनाए । लगानीको छोटो समयमै मत्स्यको क्षेत्रमा प्रतिफल मिल्ने गरेको आफूले पाएको सुनाए । तत्काल लगानी फिर्ता दिन सक्ने क्षेत्र मत्स्य नै रहेको उनले बताए । 

    नेपालमा माछाको बजार फष्टाउनका लागि बाह्रै महिना उत्पादनको ग्यारेन्टी हुनुपर्नेमा उनले जोड दिए । बाह्रै महिना माछा बजारमा पु¥याउन सके मात्र नेपाली माछाको व्यापार बढ्ने उनले बताए । कतिपय व्यापारीले नेपालको माछा बाह्रै महिना पाउन नसक्दा भारतीय माछा ल्याउनु परेको बताउने गरेको मन्त्री भुसालले सुनाए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार