काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ १९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
यसैैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ