images
images

बजाजको फेस्टिभ योजना : आम्मामा २५ गुणा अफरदेखि टिकटक च्यालेन्जसम्म, अन्य सुविधा केके पाइन्छ ?

बजाजको फेस्टिभ योजना : आम्मामा २५ गुणा अफरदेखि टिकटक च्यालेन्जसम्म, अन्य सुविधा केके पाइन्छ ?

आइतवार, असोज २८ २०८०
आइतवार, असोज २८ २०८०
  • images
    images
    बजाजको फेस्टिभ योजना : आम्मामा २५ गुणा अफरदेखि टिकटक च्यालेन्जसम्म, अन्य सुविधा केके पाइन्छ ?

    बजाज भारतीय अटोमोवाइल ब्रान्ड हो । विश्वका ७० भन्दा धेरै देशमा बिक्री हुने बजाजका उत्पादन स्पोर्टी डिजाइनको रूपमा परिचित र चर्चित छन् । बजाजले आफ्ना उत्पादनलाई बलियो बनाउन विभिन्न समयमा परिमार्जन गर्दै आएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ । नेपालमा बजाजका पल्सर, डिस्कभर, एभेन्जर, प्लाटीना र डोमिनार सिरिज बिक्री भइरहेको छ । 

    images
    images

    बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले सबै किसिमको बजाज बाइकको खरिदमा दशैँ तिहार योजना ल्याएको छ । कम्पनीले दशैँ अफरमा ‘आम्मामा २५ गुणा अफर ल्याएको हो । बजाज बाइकको खरिदमा पक्का २५ गुणा नगद उपहार पाइनेछ । 

    11.jpg

    कम्पनीले ल्याएको फेस्टिभ अफरमा ग्राहकहरूले बजाजको कुनै पनि मोटरसाइकल किन्नु अघि नै डिजिटल टोकनमार्फत क्यासब्याक जित्न सकिनेछ । ग्राहकहरूले पाउने डिजिटल टोकनमा जति रकम हुन्छ त्यसको २५ गुणा नगद छुटमा मोटरसाइकल खरिद गर्न सकिनेछ । यो स्कीम बजाजको देशभर रहेको सबै शोरुममा फेस्टीभ सिजनभर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    भृकुटीमण्डपमा ‘बजाज कार्निभल’

    बजाजले बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बाइक एक्सचेन्ज मेला ‘बजाज कार्निभल’को आयोजना गरेको छ । असोज २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने मेलामा जुनसकुै कम्पनीका बाइकहरू पनि एक्सचेन्ज गर्न सकिनेछ । जसमा १८ जना भ्यालुयटरहरूबाट भनेको जति उत्कृष्ट भ्यालुएसन उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    त्यस्तै, कम्पनीले तोकेअनुसार डाउन पेमेन्ट बुझाएपछि इएमआईमा शून्य प्रतिशत फाइनान्सिङ सुविधामा बाइक खरिद गर्ने सुविधा रहेको छ । त्यस्तै, एक्सचेन्ज मेलामा एबिएस टेस्टिङको सुविधा र बालबालिकाहरू खेल्ने ठाउँसमेत रहेको कम्पनीले जानकारी दिएको छ । 

    2.jpg
    कम्पनीले भृकुटीमण्डपमा जारी ग्रयाण्ड कार्निभलमा पल्सर एन १६० नयाँ कलरमा सार्वजनिक समेत गरेको छ । कम्पनीले यसमा कलरको अलावा अन्य कुनै परिर्वतन गरिएको छ । मूल्य रेगुलर मोडलको जस्तै ३ लाख ९३ हजार ९०० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।


    बजाजको पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट रहेको छ । आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की, १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

    2.jpg

    बजाजले एन १६० सेमी डिजिटल इन्ट्रमेन्ट क्लष्टर दिएको छ । साथै, डबल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।

    टिकटक च्यालेन्ज : जिन्दगी सररर पल्सर बाइकमा

    बजाज मोटरसाइकले टिकटक च्यालेन्ज कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यस च्यालेन्ज अन्तर्गत ‘जिन्दगी सररर पल्सर बाइकमा’ भन्ने गीतमा टिकटक बनाएर विभिन्न पुरस्कार जित्न सकिनेछ । कम्पनीका अनुसार विजेताले राइडिङ ग्लभ्स, हेलमेट, राइडिङ ज्याकेट, मोवाइल फोन साथै विभिन्न एशोसरिजहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।
    जो कोहीले पनि सहभागीता जनाउन सक्ने यो च्यालेन्जमा सहभागी हुन बजाज नेपालको टिकटक ह्यान्डलाई फलो गरेर ‘जिन्दगी सररर पल्सर बाइकमा’ भन्ने गीतमा टिकटक बनाउनु पर्ने हुन्छ ।

    कम्पनीका अनुसार मोटरसाइकलमा मात्र नभएर कुनै पनि प्रकारको अभिनय गरेर बजाजको ‘जिन्दगी सररर पल्सर बाइकमा’ भन्ने गीतमा टिकटक बनाएर पोष्ट गर्नुपर्ने हुन्छ । उक्त भिडियोको लाइक र भ्यूजका आधारमा विजेता छनोट हुने कम्पनीले बताएको छ ।

    1.jpg
    कम्पनीका अनुसार यो च्यालेन्जको पहिलो चरणको विजेता घोषणा चरणबद्ध रूपमा गरिनेछ भने च्यालेन्ज फेस्टीभ सिजनभरी जारी रहनेछ बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार