images
images

सर्वोच्च अदालत दसैँ बिदामा पनि खुल्ने, यस्तो छ जिम्मेवारी तोकिएका न्यायाधीशहरू

सर्वोच्च अदालत दसैँ बिदामा पनि खुल्ने, यस्तो छ जिम्मेवारी तोकिएका न्यायाधीशहरू

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • सर्वोच्च अदालत दसैँ बिदामा पनि खुल्ने, यस्तो छ जिम्मेवारी तोकिएका न्यायाधीशहरू

    काठमाडौँ / दसैँ बिदामा पनि सर्वोच्च लगायतका अदालतहरू खुल्ने भएका छन् । सर्वोच्च अदालतले एक सूचनामार्फत शनिबारबाहेक केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने जानकारी गराएको हो ।

    images
    images

    सर्वोच्च अदालत प्रशासनका अनुसार अदालतमा असोज २८ गतेदेखि कात्तिक ११ गतेसम्म बन्दी प्रत्यक्षीकरणका सुनुवाइ गर्ने भएको हो । शनिबार र विजय दशमीको दिनबाहेक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । 

    बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् । सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत सार्वजनिक गरेको छ । यस्तै, कात्तिक ४ र ११ गते शनिवार र कात्तिक ७ गते विजया दशमीको दिन भने अदालत बन्द रहनेछ । कात्तिक १२ गतेबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।

    यी हुन् सर्वोच्चमा जिम्मेवारी तोकिएका न्यायाधीशहरू

    news.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार