काठमाडौँ / चीनको दोस्रो ठूलो र सबै भन्दा बढी अवार्डेड अटो कम्पनी, चांगन अटोले नयाँ विद्युतीय गाडी डिपल एस७ छिट्टै नेपाल भित्र्याउने भएको छ ।
चांगनका लागि नेपालको आधिकारिक वितरक एम.ए.डब्लू वृद्धीले सन् २०२४ को मार्चसम्ममा उक्त गाडी नेपाल भित्र्याइसक्ने जनाएको हो ।
चांगन अटोले आफ्नो उत्पादनहरुको माझमा पहिलो विद्युतीय गाडीलाई नेपाली बजारमा ल्याउने भएको हो । ईभी डिपल एस७ एसयूभी अत्याधुनिक प्रविधिमार्फत बनेको प्रिमियम कार हो । जुन नेपाली भूगोल सुहाउँदो समेत रहेको कम्पनीको दाबी छ ।
डिपल एस७ एसयूभी ईभी महत्त्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।