images
Logo
images
images
images

प्रिमियम मूल्यका आइपीओको विषयमा प्राधिकरणको प्रष्टिकरण, ‘भ्रममा नपर्न आग्रह’

प्रिमियम मूल्यका आइपीओको विषयमा प्राधिकरणको प्रष्टिकरण, ‘भ्रममा नपर्न आग्रह’

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    प्रिमियम मूल्यका आइपीओको विषयमा प्राधिकरणको प्रष्टिकरण, ‘भ्रममा नपर्न आग्रह’

    काठमाडौँ / नेपाल बीमा प्राधिकरणबाट विभिन्न चार वटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयमा भइरहेकाको चर्चा परिचर्चा बारे बीमा प्राधिकरणले आपत्ति जनाएको छ । 

    images
    images

    बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुसी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार भइरहेको भन्दै बीमा क्षेत्रको नियामक निकायले आफ्नो प्रतिरक्षा गरेको हो ।

    सोमबार साँझ प्राधिरकणले एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले केही अनलाइन सञ्चार माध्यम मार्फत केही स्वार्थ समूहहरूले गरिरहेको त्यस्तो कार्य प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    प्राधिरकणले नियमनकारी निकायहरूको सुशासनयुक्त कार्यप्रणालीप्रति प्रश्न उठाई केही स्वार्थ समूहले विद्यमान कानूनको अपव्याख्या गरी मनगढन्तेरूपले गर्दै आएको भन्दै आपत्ति प्रकट गरेको छ ।

    बीमकहरू आईएमई लाइफ इन्स्योरेन्स लि, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि, सन नेपाल लाइफ इन्स्योरेन्स लि. र सिटिजन लाइफ इन्स्योरेन्स लि. समेत ४ वटालाई प्रिमियममा शेयर जारी गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति दिइएको विषयमा अख्तियारमा पनि केही व्यक्तिहरूले उजुरी गरेका छन् ।  तर बीमा ऐन, २०७९ को दफा ४५ को विवरण पत्र तथा शेयर निष्कासन सम्बन्धी व्यवस्थाको उपदफा (५) मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले सर्वसाधारणबाट शेयर खरिदका लागि दरखास्त आह्वान गर्दा शेयरको अङ्कित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने कानुनी व्यवस्थाको अपव्याख्या भएको प्राधिकरणको जिकिर रहेको छ ।

    प्रिमियममा शेयर निकाष्शनको स्वीकृति दिनु नहुने भनी कुप्रचार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, बीमकहरूप्रति अविश्वास पैदा गर्ने, लगानीकर्ताहरूलाई भ्रममा राख्ने र नियामक निकायको काम कारबाहीप्रति अविश्वास पैदा गर्ने दूषित मनसायले निहित स्वार्थ समूहहरूबाट भएका त्यस्ता अनर्गल दुष्प्रचारमा नपर्न र कसैको बहकाउमा नलाग्न बीमक, बीमित, लगानीकर्ता तथा सर्वसाधारण लगायत सम्बन्धित सबैलाई प्राधिकरणले आग्रह गरेको छ।

    बीमा ऐन, २०७९ को दफा ४४ को उपदफा (५) मा ‘बीमकको शेयरको बाँडफाँड तथा बिक्री वितरण सम्बन्धी अन्य व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित सङ्घीय कानुन बमोजिम हुने’ उल्लेख भएको, धितोपत्र ऐन, २०६३ बमोजिम धितोपत्र बोर्ड नेपालले जारी गरेको धितोपत्र निष्कासन नियमावली, २०७३ को दफा २५ तथा कम्पनी ऐन, २०६३ को दफा २९ बमोजिम प्रिमियममा  शेयर जारी गर्न सक्ने व्यवस्था सम्बन्धी सर्तहरू पूरा गरेका बीमकहरूलाई सर्वसाधारणका लागि छुटाइएको शेयर प्रिमियममा सार्वजनिक निष्कासन गर्न प्राधिकरणबाट कानुन बमोजिम सैद्धान्तिक स्वीकृति दिइएको प्राधिकरणले स्पष्ट पारेको छ।

    नियमनकारी निकायहरूको सुशासनयुक्त कार्य प्रणालीप्रति प्रश्न उठाई केही स्वार्थ समूहले विद्यमान कानुनको अपव्याख्या गरी मनगढन्तेरूपले गर्दै आएको दुष्प्रचारप्रति प्राधिकरणले कडा आपत्ति प्रकट गरेको हो ।

    ‘बीमा ऐन, २०७९ को दफा ४४ को उपदफा (५) मा ‘बीमकको शेयरको बाँडफाँड तथा बिक्री वितरण सम्बन्धी अन्य व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित सङ्घिय कानून बमोजिम हुने’ उल्लेख भएको, धितोपत्र ऐन, २०६३ बमोजिम धितोपत्र बोर्ड नेपालले जारी गरेको धितोपत्र निष्काशन नियमावली, २०७३ को दफा २५ तथा कम्पनी ऐन, २०६३ को दफा २९ बमोजिम प्रिमियममा शेयर जारी गर्न सक्ने व्यवस्था सम्बन्धी शर्तहरू पूरा गरेका बीमकहरूलाई सर्वसाधारणका लागि छुट्याइएको शेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न प्राधिकरणबाट कानून बमोजिम सैद्धान्तिक स्वीकृति दिइएको स्पष्ट गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार