images
images

फेजाको उद्घाटन सम्पन्न, अर्थमन्त्रीले भने “महिलाहरूको वित्तीय क्षमतामा निखारता आउनेछ”

फेजाको उद्घाटन सम्पन्न, अर्थमन्त्रीले भने “महिलाहरूको वित्तीय क्षमतामा निखारता आउनेछ”

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • फेजाको उद्घाटन सम्पन्न, अर्थमन्त्रीले भने “महिलाहरूको वित्तीय क्षमतामा निखारता आउनेछ”
    images
    images

    काठमाडौँ / आर्थिक महिला पत्रकार संघ (फेजा)को औपचारिक उद्घाटन भएको छ । आज एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. प्रकाशशरण महत पानसमा बत्ति बाल्दै उद्घाटन गरेका हुन्। फेजाको औपचारिक उद्घाटन तथा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले ठूलो अपेक्षाका साथ प्रोत्साहन गर्न उपस्थित भएको बताए । 

    अर्थमन्त्री शर्माले भने, “आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजाले ठुलो योगदान पुर्याउने छ भन्ने विश्वासका साथ व्यस्तताका बाबजुत पनि यहाँ उपस्थित भएको छु।”

    विभेद शक्ति नहुनेहरूमाथि इतिहासदेखि नै हुँदै आएको बताउँदै अर्थमन्त्री महतले सबै महिला पत्रकारलाई क्षमतावान बनाउन फेजाले ठूलो भूमिका खेल्ने बताए । पछिल्लो समय आर्थिक पत्रकारितामा महिलाहरुको सहभागिता बढ्दै गएपनि यतिले मात्रै नपुग्ने हुँदा थप क्षमतायुक्त महिला उत्पादनमा फेजाले काम गर्नुपर्ने उनको भनाई थियो।

    ‘संविधानले नै सुनिश्चितता गरेको अधिकारबाट अझै पनि कतिपय महिलाहरु बञ्चित छन्, फेजाको छुट्टै संरचनाले आर्थिक पत्रकारिताका साथसाथै महिलाहरूमा वित्तीय ज्ञान तथा सिपको विषयमा समेत थप निखारता आउने छ।’

    कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले रमेश हमालले महिलाले जे–जति काम गरे पनि त्यसलाई आर्थिक पक्षसँग जोडेर नहेर्ने प्रवृति नेपालमा रहेको र त्यसलाई सुधार गर्न फेजाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए।

    फेजाले महिला पत्रकारको क्षमता अभिवृद्धि गरेसँगै समाचारको माध्यमबाट मुलकमै वित्तीय साक्षरता, सकरात्मक आर्थिक विकास, सहि सूचना तथा ज्ञान पुग्नेमा आफु विश्वस्त रहेको बताए।

    कार्यक्रममा उपस्थित सरकार, नीजि क्षेत्र, बैंक तथा वित्तीय संस्था, बिमा, पुजीँबजारसँग सम्बद्ध व्यक्तिहरुले फेजाले महिला आर्थिक पत्रकारमार्फत मुलुककै आर्थिक थायित्वको लागि सत्यतथ्य र ज्ञानर्वद्धक समाचार पस्कन सहयोग गर्ने अपेक्षा रहेको बताउँदै शुभकामना व्यक्त गरेका छन्।

    नेपाल पुजीँ बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सामान्य अवस्थामा पनि महिलाहरुले केही गर्नको लागि धेरै संघर्ष गर्नुपर्ने नेपाली समाजमा आर्थिक महिला पत्रकार संगठित हुँनु सराहनीय रहेको बताइन्। अध्यक्ष पोखरेलले विभिन्न ठाउँमा महिलाहरु महिलाहरुकै अवरोधविरुद्ध लड्नुपरेको भन्दै संगठित भएर आर्थिक क्षेत्रमा अगाडि बढ्नु प्रशंसनिय रहेको उल्लेख गरिन् । 

    साथै पाँच वर्ष पहिला सेयर बजारको समाचार लेख्नकै लागि १–२ जनाले सोधपुछ गर्नेमा अहिले महिला दिदिबहिनी मात्रै पनि धेरैले सोधपुछ गर्ने उनको भनाइ छ । कार्यक्रममा सेबोनका अध्यक्ष हमाल, नेपाल बैङ्कर्स संघका अध्यक्ष सुनिल केसी, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्की, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँल, सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाको उपस्थिति थियो।

    त्यस्तै नाफिजका उपाध्यक्ष मेनुका कार्की, इम्सनका अध्यक्ष रामराजा श्रेष्ठ, धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेललगायतको उपस्थिति थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार