काठमाडौँ / ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरूको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट सेयरधनीहरूका लागि लगानीकर्ताहरूलाई लाभांश घोषणा गरेको हो ।
मङ्गलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण हुनेछ ।