images
images

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तिदै

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तिदै

मंगलवार, असोज ३० २०८०
मंगलवार, असोज ३० २०८०
  • images
    images
    सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तिदै

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज मङ्गलबार छापावाल सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

    images
    images

    सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मङ्गलबार घटेर १ लाख ११ हजार ९ सय रुपैयाँमा झरेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार हुनेछ । यसअघि भने प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँ रहेको थियो । 

    यता, चाँदीको भाउ पनि घटेर कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदीको भाउ आज १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार