काठमाडौँ / कार्तिक महिनाको पहिलो दिन सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा एकैपटक प्रतितोला १ हजार ३ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज बुधबार १ लाख १३ हजार २ सय रुपैयाँ पर्नेछ । यसैगरी प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँको तेजावी सुनको मूल्य आज १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्यमा समेत उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय १० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।