काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरूलाई पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले चाडपर्वको अवसरमा २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने ऋणीहरूलाई सबै प्रकारको व्याज भुक्तानीमा पाँच प्रतिशत छुट दिने भएको हो ।
“नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, न्यु दँया भिन्तुना र छठ पर्वको सुखद उपलक्ष्यमा मिति २०८० कार्तिक मसान्तसम्म व्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरूलाई सबै प्रकारको व्याज भुक्तानी रकममा ५५ छुट दिइने छ,” बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।