images
images

सुनको मूल्यमा रेकर्ड ब्रेक, आज हालसम्मकै महङ्गो मूल्यमा कारोबार हुने

सुनको मूल्यमा रेकर्ड ब्रेक, आज हालसम्मकै महङ्गो मूल्यमा कारोबार हुने

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    सुनको मूल्यमा रेकर्ड ब्रेक, आज हालसम्मकै महङ्गो मूल्यमा कारोबार हुने

    काठमाडौँ / सुनको मूल्यले गत साउन ४ गतेको रेकर्ड ब्रेक गरेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साउन ४ गते सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ  कायम भएको थियो । 

    images
    images

    हिजो बुधबार प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला ५ सय रुपैयाँले बढेर हालसम्मकै महङ्गो हुन पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ ।

    यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्यमा उच्च वृद्धि हुँदै आएको छ । आज तेजावी सुन प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको मूल्यमा भने गिरावट आएको महासंघले जनाएको छ । बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार हुने चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार