images
images

टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ः०२ बजे, देवी बिसर्जनको साइत कति बजे ?

टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ः०२ बजे, देवी बिसर्जनको साइत कति बजे ?

मंगलवार, कार्तिक ७ २०८०
मंगलवार, कार्तिक ७ २०८०
  • टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ः०२ बजे, देवी बिसर्जनको साइत कति बजे ?

    काठमाडौँ / आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरिदैछ । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । 

    images
    images
    images
    images

    दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । 

    विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको छ ।  विजयदशमीको टीका लगाउने व्यक्ति पश्चिम मोहडा र लगाइदिने  व्यक्ति पूर्व मोहडा फर्किनुपर्ने समितिले जनाएको छ । दशमीदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।
    दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

    आज बिहान १०ः३७ बजे देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार