images
images

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • images
    images
    नेशनल लाइफ इन्स्योरेन्सद्वारा भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत असोज १६ गते आएको भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

    images
    images

    बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । 

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । साथै उनले उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भए पनि राहत मिल्ने धारण व्यक्त गरे । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले यस विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिए । 

    साथै उनले आर्थिक  सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्ने प्रमुख कार्यकारी अधिकृत खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार