images
images

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / आज (सोमबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी पाँच रुपैयाँले घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा झरेको छ । यसैगरी १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख १५ हजार ९ सय ५० रुपैयाँ पर्ने महासंघले जनाएको छ । 

    यता, चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार