images
Logo
images
images
images

बीमा प्राधिकरणबाट ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

बीमा प्राधिकरणबाट ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • images
    images
    बीमा प्राधिकरणबाट ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स

    काठमाडौँ / नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ ।

    images
    images

    प्राधिकरणले आइतबार उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहनेछ ।

    प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ । प्राधिकरणले यसअघि लघुबीमा व्यवसाय गर्न ७ वटा कम्पनी छनोट गरेतापनि ६ वटा कम्पनीले मात्रै लाइसेन्स पाएका थिए ।

    यसअघि ट्रष्ट माइक्रो इन्स्योरेन्सले तोकिएको चुक्तापूँजी पुर्‍याउन नसक्दा समयमा लाइसेन्स पाउन सकेको थिएन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार