images
images

सुनको मूल्यमा आज पनि गिरावट, महँगियो चाँदी

सुनको मूल्यमा आज पनि गिरावट, महँगियो चाँदी

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • सुनको मूल्यमा आज पनि गिरावट, महँगियो चाँदी

    काठमाडौँ आज (मङ्गलबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

    images
    images

    सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मङ्गलबार घटेर १ लाख १६ हजार रुपैयाँमा कारोबार हुने भएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १ लाख १५ हजार ४ सय ५० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ भने बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय २० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार