काठमाडौँ / नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
यसअघि प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज १ लाख १५ हजार रुपैयाँ र १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोारा हुनेछ ।
यता, चाँदीको मूल्यसमेत प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।