images
images

सुनको भाउ सामान्य बढ्दा सस्तियो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ सामान्य बढ्दा सस्तियो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, कार्तिक १७ २०८०
शुक्रवार, कार्तिक १७ २०८०
  • सुनको भाउ सामान्य बढ्दा सस्तियो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार सुनको भाउ सामान्य बढेको छ भने चाँदीको भाउ घटेको छ । यसअघि प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको हो ।

    images
    images

    जसअनुसार हिजोको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । त्यस्तै, १ लाख १५ हजार १५० रुपैयाँ पर्ने तेजावी सुनको आजको मूल्य १ लाख १५ हजार ३५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ मात्रै पर्नेछ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार