काठमाडौं/ युनिलिभर नेपालले पश्चिम नेपालका भुकम्प पिडितहरुलाई राहत प्रदान गरेको छ ।
युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावित व्यक्तिहरुको लागि सहयोग पुग्ने गरी राहत सामग्री सहयोग गरेको हो ।
मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्रीहरु उपलब्ध गराएको छ ।
युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, ७०० थान ब्ल्याङ्केटहरु २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ ।
युनिलिभर नेपालले स्थानीय निकायहरु, संघ–संस्थाहरु, संगठनहरु र समुदायहरुसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ ।
यूनिलिभर नेपाल संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पु¥याउन र समुदायहरुको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेको समेत बताएको छ ।